एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, हकप्रद र बोनस वितरण पश्चात चुक्ता पुंजी कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 09:20:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट ३०।१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५८५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने निर्णय गरेको नेप्से मार्फत जनाईएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ अब बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुमा लाभांश बितरण हुनेछ। गत आर्थिक बर्ष बैंकले ३०।१२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

असोज १८ देखि कात्तिक २१ सम्मका लागि ५० प्रतिशतका दरले हकप्रद बिक्रि गरिरहेको बैंकको हाल चुक्ता पुंजी ३८ करोड ४५ लाख छ। हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी ५७ करोड २६ लाख पुग्नेछ। त्यसमा ३८ करोड ४५ लाखबाट घोषणा गरिएको ३०।१२ प्रतिशत बोनस सेयर थप गर्दा बैंकको चुक्ता पुंजी ६८ करोड ८५ लाख पुग्नेछ। एक्सेलले गत आर्थिक बर्ष १५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्नु भयो ? यस्तो छ शेयरधनीहरुमा बैंकको सूचना


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved