कैलाश र हाम्रो विकास बैंकले निराश बनाउदा ओम र मितेरीले आशा जगायो, हेर्नुस तुलनात्मक रिपोर्ट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 10:32:24 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकहरुको आम्दानि खुम्चिएको वित्तीय विवरण सार्वजनिक भएकोमा यो क्रमलाई बिकास बैंकहरुले समेत पछ्याएका छन। 

कात्तिक १९ गते प्रगति बिबरण सार्वजनिक भएका मितेरी विकास बैंक, हाम्रो विकास बैंक, कैलाश विकास बैंकको खुद मुनाफा घटेको छ भने ओम डेभलपमेन्ट बैंकले केहि आशा जगाएको छ। 

मितेरी बिकास बैंक 

यस अवधिमा मितेरी विकास बैंकले २ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधीसंगको तुलनामा बैंकको खुद मुनाफा २३ लाखले कम हो। 

यस अवधिमा बैंकले १० करोड ८१ लाख कुल ब्याज आम्दानी गरेपनि समिक्षा अवधीसंगको तुलनामा ब्याज खर्च दुई गुणाले बढेर ६ करोड ४८ लाख पुगेको छ। जस कारण खुद ब्याज आम्दानी ४ करोड ३२ लाखमा सिमित भएको छ। 

यस अवधीमा बैंकको चुक्ता पुंजी ३८ करोड ३ लाख छ भने जगेडा कोष रकम १३ करोडले बढेर २३ करोड पुगेको छ। बैंकले यस अवधिमा २ अर्ब ७८ करोड निक्षेप संकलन गरि २ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ। समिक्षा अवधीसंगको तुलनामा बैंकको निक्षेप र कर्जा प्रवाह समान ४-४ करोडले बढेको छ। 

व्यवसाय बिस्तारका क्रममा निक्षेप र कर्जा बढे पनि बैंकले खराब कर्जा अनुपातलाई भने सन्तुलनमा राखेको छ। यस अवधिमा खराब कर्जा अनुपात ०।१२ प्रतिशतबाट घटेर ०।०७ प्रतिशतमा झरेको छ। त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर आम्दानी झन्डै दोब्बरले बढेर २४ रुपैया ५१ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ ०१ पैसा र मुल्य आम्दानीको अनुपात २१ दशमलब ८३ गुणा रहेको छ। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट ३१।४८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड पुग्नेछ। बैंकले प्रस्तुत गरेको वित्तीय विवरणमा बोनस सेयर पुंजीकृत हुन बाँकी छ।   तीन जिल्ले मितेरी डेभलपमेन्ट बैंकले सन्तोषजनक प्रगति विवरण प्रस्तुत गरेको अवस्थामा कैलाश विकास बैंकको प्रगति निराशाजनक देखिएको छ। 

कैलाश विकास बैंक 

बलियो विकास बैंकको रुपमा आफुलाई स्थापित गर्दै आएको कैलाश विकास बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासको कमाई करिब ४ गुणाले घटेको भने प्रति शेयर आम्दानि आधाले घटेको छ। 

यस अवधीमा बैंकले ९ करोड ७२ लाख खुद मुनाफा आर्जन गरेको छ। समिक्षा अवधिमा बैंकले १३ करोड १ लाख खुद मुनाफा गरेको थियो। त्यस्तै प्रति सेयर आम्दानी समेत ३२ रुपैयाँबाट १६ रुपैयाँमा झरेको छ।   चुक्ता पुंजी १ अर्ब ५८ करोडबाट २ अर्ब २९ करोड पुर्याएको ओमले सोहि अनुपातमा कमाई वृद्धि गर्न नसक्दा प्रति सेयर आम्दानी घटेको हो।

बैंकले ५५ करोड २४ लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेपनि ब्याज खर्च दोब्बर बढीले बढेपछि खुद ब्याज आम्दानि १५ करोड ४५ लाखमा सिमित भएको छ। जसकारण उसको नाफा प्रभावित बनेको हो।  

यस अवधीमा बैंकले १८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ८ करोड छ। 

त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा तथा मुल्य आम्दानीको अनुपात १७ दशमलब ०८ गुणा छ। बैंकको खराब कर्जा ०।९८ प्रतिशतबाट घटेर ०।९१ प्रतिशतमा पुगेको छ।

हाम्रो बिकास बैंक

हाम्रो बिकास बैंकले यस अवधीमा १ करोड ०६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। समिक्षा अवधिसँगको तुलनामा बैंकको खुद मुनाफा ९ लाखले कम हो। 

यस अवधिमा बैंकले १ अर्ब ३२ करोड निक्षेप संकलन गरि १ अर्ब १४ करोड कर्जा प्रवाह गरेको छ। जुन समिक्षा अवधिसँगको तुलनामा निक्षेप १८ करोड तथा कर्जा २९ करोडले कम हो। 

यस अवधिमा हाम्रो विकास बैंकले ४ करोड ३६ लाख कुल ब्याज आम्दानी गरेको छ। उसको ब्याज खर्च दुई गुणाले बढेपछि खुद ब्याज आम्दानी २ करोड ९ लाखमा सिमित भएको छ। बैंकको चुक्ता पुंजी २७५ प्रतिशतले वृद्धि हुँदा आम्दानी सोहि अनुपातमा बढ्न नसक्दा बैंकको प्रति शेयर आम्दानी समेत ७५ गुणाले घटेर ८ रुपैयाँ ७८ पैसामा सिमित भएको छ। समिक्षा अवधिमा बैंकको इपिएस ३६ रुपैयाँ ३२ पैसा थियो। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ४५ करोड ८७ लाख छ भने जगेडा कोषमा ९८ करोड ८३ लाख छ। त्यस्तै खराब कर्जा अनुपात ०।४४ प्रतिशत छ। बैंकको प्रति सेयर नेटवर्थ ११९ रुपैयाँ ०३ पैसा छ। 

ओम डेभलपमेन्ट बैंक 

अधिकांश बैंक वित्तीय संस्थाहरुको खुद मुनाफा घटेको अवस्थामा ओम डेभलपमेन्ट बैंकले भने १३ प्रतिशतले आम्दानी बढाएर सकारात्मक संदेश दिएको छ।

यस अवधिमा बैंकले ३ करोड ७४ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३ करोड ३२ करोड खुद मुनाफा गरेको थियो। गत बर्ष २९।०२ प्रतिशत बोनस सेयर र मनास्लुलाई प्राप्त गरि चुक्ता पुंजी वृद्धि गरेको ओमले हाल ३० प्रतिशत हकप्रद बिक्रि गरिरहेको छ। चुक्ता पुंजी वृद्धि अनुपातमा खुद मुनाफा बढाउन नसक्दा बैंकको प्रति सेयर आम्दानी ९ रुपैयाँ ११ पैसामा झरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १२ रुपैयाँ ६२ पैसा थियो। 

हकप्रद बितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्नेछ। बाँकी अपुग पुंजी बोनस मार्फत पुर्याउनेछ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १।९७ प्रतिशत छ भने प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ छ। 


 



  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved