सिर्जना फाइनान्सद्वारा लाभांश सार्बजनिक गर्ने क्रममा कमजोरी भएको स्वीकार, सूचना नचुहिएको दाबी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 12:15:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्सको सेयर कारोबार आइतबारदेखि अर्को सूचना नआउँदा सम्मका लागि रोक्का गरिएको छ। फाइनान्सले लाभांश सम्बन्धि निर्णय भएको भोलिपल्ट नै यस सम्बन्धि सूचना नदिएकाले कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। 

'सामान्यतय लाभांश घोषणा गरेको दोस्रो कार्यदिन सम्म सूचना दिने प्राबधान छ' नेप्सेका प्रवक्त्ता मुराहरी पराजुलीले भने, 'समयमै जानकारी दिनु पर्नेमा सार्वजनिक सूचना ढिला गरि जानकारी दिएकाले अनुसन्धानका लागि सेयर कारोबार रोक्का गर्नुपरेको हो, यस्तो किन भयो भनेर हामीले जवाफ माग गरेका छौं।'

यता सिर्जना फाइनान्सले भने लाभांश सम्बन्धि सूचना सार्वजनिक गर्ने क्रममा आफ्नो तर्फबाट कमजोरी भएको स्वीकार गरेको छ ।   'लाभांश सम्बन्धि निर्णय राष्ट्र बैंकबाट अनुमति प्राप्त नगरी लागु नहुने भएकाले हामीले राष्ट्र बैंक र नेप्सेलाई एकै मितिमा जानकारी गराएका हौ'  सिर्जना फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत प्रभाकर कुमार देवकोटाले भने, 'जानकारी गराउने क्रममा केहि कागजात तयारि गर्न समय लागेकोले ढिला भएको हो' । उनले यस क्रममा सूचना नचुहिएको दाबी गरे । उनले भने 'सुचना गोप्य नै थियो, चुहिएको छैन, इन्साईड ट्रेडिङ भएको छैन'।

के हुन्छ अब ?

सिर्जना फाइनान्सले लाभांश सम्बन्धि सूचन नेप्सेमा पठाउन ढिला भएको स्वीकार गरिसकेको छ। अर्थात फाइनान्सले आफ्नो गल्ति स्वीकार गरेको छ। यस अर्थमा फाइनान्सले पनि नेप्सेलाई यहि व्यहोराको जवाफ दिनेछ। नेप्सेले आगामी दिनमा सचेत हुन चेतावनी दिंदै सेयर कारोबार फुकुवा गर्न सक्ने सम्भावना छ।  

सिर्जना फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश निर्णय गरेको १२ दिनपछि मात्र नेप्सेलाई जानकारी गराएको हो। सिर्जना फाइनान्सको कात्तिक ६ गते बसेको १७७ औ संचालक समितिको बैठकले गत ३२.५० प्रतिशत बोनस सेयर र त्यसम लाग्ने कर प्रयोजनार्थ नगद समेत वितरण गर्ने निर्णय गरेको छ। तर फाइनान्सले नेप्से मार्फत सर्वसाधारणलाई कात्तिक १९ गतेमात्र जानकारी गराएको हो।   

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। फाइनान्सले गत आर्थिक बर्ष ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

बोनस सेयर बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ३९ करोड ५२ लाख पुग्नेछ। यस अवधिमा फाइनान्सको चुक्ता पुंजी ३० करोड २४ लाख छ। गत आर्थिक बर्ष फाइनान्सले १३ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको थियो। 

सिर्जना फाइनान्सले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved