बैंकहरुको 'परस्पर बिरोधि थ्यौरी' को प्रभाब पुंजीबजारमा, १५ सय बाट पनि तल झर्यो सूचक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2017 | 01:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोटो अंकले घटेको छ । आज नेप्से सूचक २६.३५ अंकले घटेर १४९६.४६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका १५ लाख ६ हजार ४ सय ४ कित्ता शेयर खरिद बिक्रिबाट ६३ करोड १२ लाख १० हजार ५ सय ३० रुपियाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सविया भन्दा धेरै ३ करोड १८ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, स्ट्याण्डर्ड चार्टड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सनराइज बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ समूह बाहेकका सबै सूचक घटेका छन् ।

आज समता माइक्रोफाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने स्वाबलम्बन विकास बैंकका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् । 

नेप्सेमा सुचिकृत संस्थाहरुको पहिलो त्रैमासको प्रगति विवरण सन्तोषजनक नहुँदा त्यसको प्रभाब पुंजीबजारमा देखिएको छ। अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा आएको गिरावटले पुंजीबजारमा नकारात्मक प्रभाब परेको छ।

गत आर्थिक बर्ष वित्तीय प्रणालीमा देखिएको तरलता अभाब र राष्ट्र बैंकले लिएको पुंजी वृद्धिको नीतिको प्रभाब कम्पनीहरुको ब्यालेन्ससिटमा देखिएको छ। महँगो ब्याजदरमा निक्षेप संकलन गर्ने र आधार दर भन्दा पनि तल गएर कर्जा प्रवाह गर्ने बैंक वित्तीय संस्थाको अस्वस्थ प्रतिस्पर्धाको प्रभाब अहिले उनीहरुको ब्यालेन्ससिटमा स्पष्ट देखिएको छ।

यसरी बैंकहरुले आधार दर भन्दा भन्दा तल गएर कर्जा प्रवाह गर्दा उनीहरुको ब्याज खर्च ब्यापक बढेको हो। बैंकहरुले आफैले निम्त्याएको 'परस्पर बिरोधि थ्यौरीले' गर्दा उनीहरुको ब्यालेन्ससिटमा मात्र नभई पुंजीबजारमा समेत नकारात्मक असर देखिएको छ।

बैंकहरुले कुल ब्याज आम्दानि उल्लेख्य बढाएपनि ब्याज खर्च दोब्बर बढीले बढेको देखिन्छ। जसले अधिकांश बैंक वित्तीय संस्थाको खुद मुनाफा घटेको छ। आम्दानी घट्दा बढेको सेयर संख्याका कारण प्रति सेयर आम्दानिमा त पहिरो आउने स्वाभाविक नै भयो। बैंकहरुको वित्तीय विवरणमा पहिरो आउँदा पुंजीबजारमा समेत एकै दिन नेप्सेमा भारि गिरवाट आएको हो।

नेप्सेमा सुचिकृत डेढ सय बढी कम्पनीहरु मध्ये ७० प्रतिशत भन्दा बढी हिसा बैंक तथा वित्तीय क्षेत्रको रहेको छ। बैंकहरुमा सामान्य उथलपुथल हुँदा पनि नेप्सेमा ठुलो हलचल हुने गर्दछ। अहिले नेप्सेमा देखिएको प्रभाब यहि नै हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved