बैंकहरुको रिपोर्ट र नेप्सेमा देखिएको गिरावटबारे के भन्छन लगानीकर्ता एवं विश्लेषक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 05:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन पुंजीबजारमा तिब्र उतारचढाब देखिएको छ। आइतबारको कारोबारमा करिब ३२ अंकले घटेको नेप्से २६.३५ अंकको गिरावटमा  १४९६.४६ को बिन्दुमा रोकिएको छ।

नेप्सेमा तिब्र उतारचढाब देखिएपनि केहि लगानिकर्ताले भने यस परिस्थितलाई अवसरका रुपमा लिएका छन। जस कारण आइतबार मात्रै ६३ करोड १२ लाख १० हजार ५ सय ३० रुपियाँको कारोबार भएको छ।

गत सातासम्म स्थिर रहेको पुंजीबजारमा आइतबार अचानक तिब्र गिरावट आएको छ। गत सातासम्म सामान्य अंकको उतारचढाब देखिएपनि आइतबार पुंजीबजारमा देखिएको तिब्र गिरावटलाई अधिकांश लगानीकर्ताले पहिलो त्रैमासमा बैंक वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरणको असर भनेका छन। 

त्यसो त पुंजीबजारको सुन्दर पक्ष भनेको नै यहाँ हुने उतारचढाबलाई लिने गरिन्छ। एक अनुभवी लगानिकर्ताको लागि पुंजीबजारमा आउने उतारचढाब बिशेष अवसर हुने शेयर विश्लेषकहरुको भनाई छ। तर अधिकांश लगानिकर्तालाई आइतबारको कारोबारमा देखिएको तिब्र गिरावटलाई अवश्यपनि सकारात्मक लिएका छैनन। 

चालु आर्थिक बर्षको पहिलो त्रैमासको बैंक वित्तीय संस्थाहरुको वित्तीय रिपोर्ट र नेप्सेमा देखिएको प्रभाब सम्बन्धमा बिजपाटि डटकमका मोहम्मद अज्मत अलिले लगानिकर्ता तथा शेयर विश्लेषकहरुसंग कुराकानी गरेका छन। हेरौं उनीहरुले यो अवस्थालाई कसरि लिएका छन:

राम्रो स्टक छनौट गरेर किन्ने सुनौलो अवसर: अम्बिका पौडेल, अध्यक्ष इन्भेष्टर फोरम 

Image result for ambika poudel

पुंजीबजारमा आउने उतारचढाब स्वाभाविक हो। पहिलो त्रैमासमा बैंक वित्तीय संस्थाहरुको रिपोर्ट खराब आयो भन्ने पक्षमा म छैन। उनीहरुको प्रगति विवरण हेर्ने हो भने पर्फर्मेन्स राम्रै छ। 

बैंकहरुको पर्फर्मेन्स घटेको होइन बरु यहाँ त लगानीकर्ताको अपेक्षा बढ्यो। पहिलो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्नु भनेको हतारको निर्णय नै हो। प्रति सेयर आम्दानी घटेकाले परफर्मेंस घट्यो भन्ने लागेको हुनसक्छ। तर उनीहरुको आम्दानी त बढेको छ। ब्याज खर्च बढेकाले खुद मुनाफा घटेको हो। 

बैंक वित्तीय संस्थाहरुको कारोबार भोलुम हेर्ने हो भने उनीहरुले आगामी दिनमा राम्रो गर्ने देखिन्छ। त्यसैले यो अवस्था राम्रो कम्पनी छनौट गरेर किन्ने अवसर हो। पुंजीबजारले धेरैपटक अवसर सिर्जना गर्छ, यो त्यहि सुनौलो अवसर हो। 


यो गिरावट क्षणिक र प्यानिक सेलको उपज हो : छोटेलाल रौनियार,उपाध्यक्ष, नेपाल इन्भेष्टर फोरम 

झट्ट हेर्दा कम्पनीहरुको कमाई घटेको र प्रति सेयर आम्दानी पनि झन्डै दोब्बरले घटेको देखिन्छ। तर यथार्थ त्यस्तो होइन। बैंक बित्तिय संस्थाहरुको कारोबार साइज बढेको छ। 

गत आर्थिक बर्ष वित्तीय प्रणालीमा देखिएको तरलता अभाबको प्रभाब देखिएको छ। कुल ब्याज आम्दानी उल्लेख्य रुपमा बढेको छ। तर ब्याज खर्च र संचालन खर्च पनि उत्तिकै बढेको छ। जसले गर्दा आम्दानीमा केहि संकुचन देखिएको छ। 

चुक्ता पुंजी पनि ब्यापक वृद्धि गर्ने अनि त्यहि अनुसारको प्रति सेयर आम्दानि अहिले नै कायम हुनुपर्छ वा हुन्छ भन्नु पनि त भएन नि। बिगतमा धेरै प्रति सेयर आम्दानी देखेका लगानीकर्तालाई अहिलेको वित्तीय विवरणले तर्साएको जस्तो लाग्यो। तर आत्तिनु पर्ने अवस्था म देख्दिन। आगामी दिनहरुमा उनीहरुले यो अवस्थालाई रिकभर गर्छन। त्यहि हो एकाध बर्ष बिगतको झैँ उच्च अंकको प्रतिफल नदेलान। 

अहिले लगानीकर्ताको चाहना बढ्यो त्यही भएर यसको प्रभाब आजको कारोबारमा देखिएको छ। यो क्षणिक र प्यानिक सेलको उपज हो। एक कुशल लगानिकर्ताका लागि यो राम्रो अवसर हो। 

बैंकहरुको आधार दर बिस्तारै घटेको छ र सुस्त गतिमा ब्याजदर पनि घटाउदै लागेका छन। केहि बैंकहरुले अहिलेपनि नयाँ ग्राहकलाई सिंगल डिजिट मै कर्जा प्रवाह गरेका छन। यो त लगानिकर्ताका लागि सुखद हो। 

हिजो नाकाबन्दीको समयमा एमाले (बाम) सरकारमा थियो। त्यो बेला पनि पुंजीबजारमा उत्साह थियो। निर्वाचनपछी बाम सरकार आउँछ पुंजी बजार घट्छ भन्नु 'वाहियात' कुरा हो। यसलाई 'ओभर रियाक्ट' भन्दा फरक पर्दैन। अनुशाशित लगानीकर्ताको लागि अहिले सुनौलो अवसर हो। 

पर्फर्मेन्स घटेको होइन, अपेक्षा बढेको हो : ज्योति दाहाल, अधिवक्ता तथा शेयर विश्लेषक 

Image result for ज्योति दाहाल

पहिलो त्रैमासको वित्तीय विवरणलाई कम्जोर वा खस्किएको रिपोर्ट भन्न उचित होला जस्तो लाग्दैन। अधिकांश जसोको खुद ब्याज आम्दानी बढेको छ। कारोबार बिस्तार पनि भएकै छ। 

त्यहि हो तिर्ने ब्याज बढ्यो। जसले गर्दा खुद मुनाफा अपेक्षा गरेजस्तो आएन। चुक्ता पुंजी ४ गुणाले बढ्दा प्रति सेयर आम्दानी पनि त्यहि अनुपातमा बढ्छ भन्ने त पक्कै होइन। यो त अपेक्षा बढी भएको मात्र हो। 

'लिक्वीडीटि क्रंच' को अवस्थामा निक्षेप संकलन गर्न महँगो ब्याज दिएकाले अहिलेको अवस्था आएको हो। आगामी दिनमा करिब चैतसम्म त अधिकांश मुद्दती निक्षेप म्याचुर्ड हुन्छन। त्यसैले चैतसम्म राम्रै रिपोर्ट आउला भन्ने अपेक्षा छ। 

अधिकांशले व्यवसाय बिस्तारमा खर्च गरेका छन। जस कारण संचालन खर्च र कर्मचारी खर्च बढ्न पुगेको छ। तर भोलिका दिनमा त्यो आम्दानीमा परिणत हुने हो नि। त्यसैले कुशल र अनुशासित लगानीकर्ताको लागि घटेको बजारमा शेयर उठाउने अवसर हो। 

अर्को कुरा अब बैंक वित्तीय संस्थाहरुले सोच्ने बेला आएको छ। निक्षेप बढ्ने बित्तिकै ऋण दिन हतार गर्ने अनि तरलता टाइट हुनेबित्तिकै महँगो ब्याजमा निक्षेप उठाउने। त्यो भन्दा बैंक वित्तीय संस्थाहरुले 'दिर्घकालिन बचत' बारे सोच्नु अनिवार्य दिन्छ। दीर्घकालीन बचतले एका तर्फ बैंकहरुलाई लगानीको रकम प्रशस्त बनाउछ भने अर्को तर्फ छिटो छिटो अर्थतन्त्रमा देखिने अस्थिरता स्थिर हुँदै जान्छ। 

एउटा क्वाटरलाई आधार मान्नु नै गलत: रामहरी अधिकारी, ब्रोकर अधिकारी 

अधिकांश बैंक वित्तीय संस्थाहरुले नाफा र प्रति सेयर आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन। यसले लगानीकर्तामा सकरात्मक उर्जा दिएन। जस कारण ७० प्रतिशत भन्दा बढी हिस्सा रहेको बैंकिङ सूचक घट्ने बित्तिकै समग्र इन्डेक्स घट्न पुग्यो। 

तर यथार्थ कुरा के हो भने अहिलेको वित्तीय विवरणकै कारण लगानीकर्ताले आत्मबल गिराउनु पर्ने अवस्था छैन। यो पहिलो त्रैमासको रिपोर्ट हो। अहिलेको रिपोर्टमा गत आर्थिक बर्षमा देखिएको तरलता अभाबको प्रभाब छ भने अर्को तर्फ कारोबार बिस्तार गर्दाको खर्च समेत समावेश छ। उनीहरुको यो खर्च लगानी पनि त हो। त्यसैले पहिलो त्रैमासको रिपोर्टलाई आधार मानेर लगानी गर्नु नै गलत हो।  

चुक्ता पुंजी उल्लेख्य रुपमा बढ्दा प्रति सेयर आम्दानि त घट्ने नै भयो। आजको कारोबारमा बेच्ने भन्दा खरिदकर्ता हाबी भए। जसकारण एकै दिन २६ अंकले घटेको हो। यो गिरावट पनि सबै कम्पनीको मुल्य एकनाशले घटेकाले आएको हो।  दिर्घकालिन लगानीकर्ताका लागि अहिले राम्रो अवसर हो। खरिद गर्नेले त खरिद गरिरहेकै छन। त्यसै ६३ करोडको कारोबार भएको त होइन नि। 

अपेक्षा गरेभन्दा फरक रिपोर्ट आएकाले लगानीकर्ताको मनोबल कम्जोर भएको हो : नबराज सुबेदी, अध्यक्ष, पुंजीबजार लगानिकर्ता संघ

पुंजीबजारको देखिएको गिरावटका धेरै कारण छन। यहि नै भन्दा पनि यहाँ धेरै 'फ्याक्टर' ले लगानिकर्ताको मनोबलमा प्रभाब पारेको छ। पहिलो त्रैमास सकिए लगत्तै शेयर धितोकर्जाको ब्याजदर घट्ला भन्ने अपेक्षा थियो, त्यो हुन सकेन। केहि बैंकहरुले नयाँ ग्राहकहरुलाई सस्तोमा कर्जा दिएपनि अधिकांशको हकमा यो लागू भएको छैन। 

अर्को तर्फ बामपन्थीको सरकार बन्छ र पुंजीबजार धरासायी हुन्छ भन्नेहरुको 'अफवाह' ले काम गरेको छ। नाकाबन्दीको समयमा बाम गठबन्धनकै एमालेको सरकार थियो। एमालेकै सरकार भएको बेला पुंजीबजारले नयाँ उचाई लिएको थियो। त्यो कुरालाई लगानिकर्ताले बिर्सिन भएन। 

लगानीकर्ताको अपेक्षा बिपरित पहिलो त्रैमासको रिपोर्ट राम्रो आएको छ। रिपोर्ट हेरेर लगानी गर्नेको संख्या कति छ नेपालमा ? यहाँ पहिलो त्रैमासको रिपोर्ट खराब आयो अब बैंकहरुल प्रतिफल दिने दिन सकियो भन्नेहरुको संख्या ठुलो छ। हो बिगतमा जस्तै धेरै प्रतिफल दिन सक्दैनन तर प्रतिफल नै दिन नसक्ने त होइन नि। 

चुक्ता पुंजी ४ गुणाले बढाएकाले प्रति सेयर आम्दानी त त्यहि अनुपातमा बढ्ने कुरा भएन। तर अहिले इपिएस घटेको रिपोर्ट आयो आगामी दिनमा अझै घट्ने हो कि भन्ने डर लगानिकर्तामा देखिन्छ। जसले गर्दा सेयर आपूर्ति बढाएको छ। 

अहिले बजारमा नयाँ लगानीकर्ताको प्रवेश पनि देखिएको छैन। जसले गर्दा माग र आपूर्तिको सन्तुलन हुन सकेको छैन। अर्को तर्फ देश नै चुनाब केन्द्रित भएको छ। बजार केन्द्रित हुनेको संख्या थोरै छ। निर्वाचन पश्चात बजार केन्द्रित होला। 

अनलाइन ट्रेडिङ, ब्रोकर मार्फत मार्जिन ल्यान्डिङका कुरा आएपनि ति कुराहरु एकादेशको कथा बनेका छन। नियमन निकायले पनि यति समय भित्र हुन्छ भनेर दिन तोकेर काम गर्दिने हो भने लगानीकर्ताको मनोबल उच्च हुन्थ्यो। अवस्था त्यस्तो छैन, त्यहि भएर पनि लगानीकर्ताको मनोबल घटेको छ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved