मुक्तिनाथ विकास बैंकको सेयर लिलामीमा, पहिलोपटक उपत्यका बाहिरबाट पनि बोलपत्र लिईने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 06, 2017 | 06:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मोफसल बाहिरका लगानीकर्ताले समेत भाग लिन पाउने गरि मुक्तिनाथ बिकास बैंकले हकप्रदमा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्ने भएको छ। बैंकले यहि कात्तिक २३ गतेदेखि कात्तिक ३० सम्मका लागि लिलाम मार्फत १ लाख ६२ हजार ८०३.०४ कित्ता अवितरित सेयर बिक्रि गर्न लागेको हो। 

बैंकले लिलामीमा राखेको सेयरमा साधारण तर्फ १ लाख ३५ हजार ०३७.५३ कित्ता र संस्थापक तर्फ २७ हजार ७६५.५१ कित्ता सेयर छ। बैंकले लिलाममा राखेको संस्थापक सेयरमा मात्र संस्थापक शेयरधनीहरुले मात्र बोलपत्र पेश गर्न सक्नेछन। बैंकले गत भदौ ४ देखि असोज ८ सम्म हकप्रद ४० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले कात्तिक २३ देखि कात्तिक ३० सम्म बैंकको बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल, लाजिम्पाट, काठमाडौं तथा उपत्यकाभित्र मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादीबाट बोलपत्र पेश गर्न सकिनेछ।


त्यस्तै नेपाल धितोपत्र बोर्डले उपत्यकाबाहिरबाट पनि लिलामी सेयरमा आवेदन लिन निर्देशन दिएसँगै सो प्रक्रियाको सुरुवात गर्नेमा मुक्तिनाथ पहिलो संस्था बनेको छ। बैंकले उपत्यकाबाहिर बैंकको शाखा कार्यालय पोखरा पृथ्वीचोक, विरगञ्ज तथा बुटवल तथा इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु बिराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीबाट समेत बोलपत्र पेश गर्न सक्नेछन। 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम कुमारी बैंकमा रहेको एनआइबिएल क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ०१२४५२४६१६४०९०१५ मा रकम जम्मा सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट चेक मार्फत समेत रकम जम्मा गर्न सक्नेछन।  

४० प्रतिशत हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। २० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ५८ करोड पुग्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved