१५०३ को उचाईमा पुगेर ओरालो लाग्यो नेप्से, कमाउनेमा महुली लघुवित्तका लगानीकर्ता अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 01:32:14 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ  । आज नेप्से सूचक ३.०४ अंकले घटेर १४९३.४२ को बिन्दुमा पुगेर रोकिएको छ  । तिब्र उतार चढाव देखिएको आजको बजारमा सूचक एक समय हरियो भएर १५०३ को उचाईमा पुगेको भएपनि रातो भएर बन्द भएको हो 

आज कारोबारमा आएका १६० कम्पनीका ११ लाख ५७ हजार ४ सय ६६ कित्ता शेयर खरिद बिक्रिबाट ४९ करोड ११ लाख ८० हजार ४ सय ३८ रुपियाँको कारोबार भएको छ  

आज नागरिक लगानी कोषको सबै भन्दा धेरै ३ करोड २५ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार  हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल टेलिकम , सिभिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन्  । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये माइक्रोफाइनान्स, इन्स्योरेन्स, विकास बैंक, ट्रेडिङ र बैंकिंग बाहेकका सबै समुहगत सूचक बढेका छन्  । 

आज महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्बाधिक ८.१५ प्रतिशत कमाएका छन् भने सिभिल लघुवित्तका लगानीकर्ताले सर्बाधिक ६.९ प्रतिशत गुमाएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved