ब्रोकरले मार्जिन लेन्डिङ सुविधा पाउने, यी २३ शर्त पालना गर्नुपर्ने, कार्यविधि बनेपछि लागु हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 02:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तंत ब्रोकरहरुले पनि मार्जिन लेन्डिङ सुविधा पाउने भएका छन् । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४’ जारी गर्दै कार्य विधि बनाएर सेयर लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा दिन सक्ने नीतिगत व्यवस्था गरेको हो । 

अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुपको मार्जिन कारोवार शुरु गर्न तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सम्बन्धी नीतिगत व्यवस्थाहरु गरेको जनाएको छ । बोर्डले विभिन्न शर्तहरु सहित यस्तो ब्यबस्था गरेको हो  । अब नेप्सेले कार्यविधि बनाएपछि लगानीकर्तालाई ब्रोकरका माध्यमबाट मार्जिन लेन्डिङ उपलब्ध गराउन सकिनेछ ।

  कम्तिमा १० हजार सेयरधनी भएका तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत कम्पनीको सेयर किन्नमात्र मार्जिन ऋण दिन पाइनेछ । त्यस्तै मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्नेछ । सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ । 

ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् । कुनै एक जना ग्राहक वा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् । 

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधि भर वजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने छ। हाल नेपाल राष्ट्र बैंकको निर्देशनमा उपलब्ध भइरहेको मार्जिन लेण्डिङ्गको रुपमा रहेको शेयर धितो कर्जा यथावत रहने बोर्डले प्रष्ट पारेको छ ।  यस निर्देशनबाट मार्जिन कारोवार सम्बन्धमा स्पष्ट रुपमा नीतिगत व्यवस्था भई मार्जिन कारोवार सुविधाकार्यान्वयनमा आई दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डको अपेक्षा रहेको  छ ।


यस्ता छन् शर्त ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved