सिभिल र लक्ष्मीले प्रगति गर्दा कुमारी, नेपाल बंगलादेश र कृषि बिकास बैंकको कसरि भयो यस्तो हालत ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 06, 2017 | 06:34:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल, लक्ष्मी, कुमारी, नेपाल बंगलादेश र कृषि बिकास बैंकले एकै दिन चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन। 

सिभिल बैंक

सिभिल बैंकले गत आर्थीक बर्षको यस अवधिसंगको तुलनामा उल्लेख्य रुपमा खुद मुनाफा बढाएर लगानीकर्ताको प्रशंसा बटुलेको छ। अधिकांश बैंक वित्तीय संस्थाको ब्याज खर्च बढेर खुद ब्याज आम्दानीमा गिरावट आउँदा भने सिभिलको खुद ब्याज आम्दानीमा वृद्धि देखिएको छ। जसले आगामी दिनमा बैंकले प्रगति गर्छ भन्ने बिश्वाश बढाएको छ। 

यस अवधिमा बैंकले ११ करोड ३३ लाख खुद मुनाफा गरेको छ। समिक्षा अवधिसँगको तुलनामा बैंकको खुद मुनाफा ९ करोड ८८ लाखले बढी हो। बैंकले यस अवधीमा खुद ब्याज आम्दानी बढाएर २८ करोड ६२ लाख पुर्याएको छ। समिक्षा अवधिसंगको तुलनामा बैंकको खुद ब्याज आम्दानी ६ करोडले बढी हो। 

बैंकले चुक्ता पुंजी ३ अर्ब ८ करोडबाट बढाएर ५ अर्ब ९८ करोड पुर्याएको छ। चुक्ता पुंजी करिब दुई गुणाले बढाउँदा समेत बैंकले प्रति सेयर आम्दानीमा राम्रो सुधार गरेको छ। समिक्षा अवधिमा इपिएस १ रुपैयाँ ८९ पैसा रहेकोमा यस अवधिमा इपिएस चार गुणाले बढेर ८ रुपैयाँ ४९ पैआ पुर्याएको छ।  

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन ४० प्रतिशत हकप्रद बिक्रि गर्ने तयारीमा रहेको सिभिलले कारोबार भोलुम समेत बढाएको छ। यस अवधिमा बैंकले ३४ अर्ब ३४ करोड निक्षेप संकलन गरि ३० अर्ब ९५ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकको निक्षेप ३ अर्ब तथा कर्जा प्रवाह ४ अर्बले बढेको हो। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४।१३ प्रतिशतबाट बढेर ४.६९ प्रतिशतमा पुगेको छ। खराब कर्जा अनुपात बढेसंगै बैंकले जोखिम बापत ३३ करोड २७ लाख ११ हजार छुट्याएको छ। यस अवधिमा बैंकले ३१ करोड ४५ लाख राइट ब्याक गरेको छ। जस्ले गर्दा मुनाफा समेत बढ्न मद्दत मिलेको छ।  

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७६।४८ प्रतिशत छ भने प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ८७ पैसा, मुल्य आमनी अनुपात २७ दशमलब ३३ गुणा रहेको छ। 

लक्ष्मी बैंक

यस अवधिमा अधिकांश बैंकहरुले आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा लक्ष्मी बैंकको खुद मुनाफामा भने वृद्धि देखिएको छ। खुद मुनाफा बढेपनि बैंकको शेयर संख्या बढेकाले प्रति सेयर आम्दानीमा केहि गिरावट आएको छ। 

लक्ष्मी बैंकले यस अवधिमा २५ प्रतिशतले खुद मुनाफा बढाएर १७ करोड ९ लाख पुर्याएको छ। समिक्षा अवधिमा बैंकको खुद मुनाफा १३ करोड ५८ लाख थियो। 

यस अवधिमा बैंकले ५८ अर्ब ६४ करोड निक्षेप संकलन गरि ५४ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ भने जगेडा कोष रकम २ अर्ब १३ करोड छ।  बैंकको चुक्ता पुंजी ३ अर्ब ३ करोडबाट बढेर ८ अर्ब २१ करोड पुगेको छ। बैंकको चुक्ता पुंजी १७० प्रतिशतले बढ्दा सोहि अनुपातमा आम्दानी हुन नसक्दा प्रति सेयर आम्दानी १७ रुपैयाँ ८८ पैसाबाट ८ रुपैयाँ ३२ पैसामा झरेको छ।  

यस अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ०२ पैसा, मुल्य आम्दानी अनुपात ४० दशमलब १७ गुणा र खराब कर्जा अनुपात १.७८ प्रतिशत पुगेको छ। 

कुमारी बैंक 

बिकास बैंकहरु र फाइनान्स कम्पनीहरुलाई प्राप्तिको प्रभाब कुमारी बैंकको वित्तीय विवरणमा देखिएको छ। यस अवधिमा बैंकको ब्याज खर्च ३ गुणा भन्दा बढीले वृद्धि हुँदा अपेक्षा गरे भन्दा कम आम्दानी गरेको छ। 

यस अवधिमा कुमारी बैंकको खुद मुनाफा ११ करोड २० लाख छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद आम्दानी १३ करोड ७४ लाख थियो। बैंकले प्रोभिजनमा मोटो रकम छुट्याएकाले खुद मुनाफामा प्रभाब परेको हो। यस अवधिमा बैंकले १४ करोड ९८ लाख जोखिम बापत छुट्याएको छ। 

बैंकले ५४ अर्ब ६३ करोड निक्षेप संकलन गरि ४७ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ। त्यस्तै खराबकर्जा अनुपात १.२६ प्रतिशतबाट १.९७ प्रतिशतमा उक्लिएको छ 

बैंकको चुक्ता पुंजी १२१ प्रतिशतले बढेर ५ अर्ब ९६ करोड पुगेको छ भने जगेडा कोष रकम २ अर्ब ७४ करोड पुगेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले २ अर्ब थप गर्नुपर्नेछ। यसका लागि बैंकले सम्भवत हकप्रद र बोनसको सहारा लिनेछ। 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा, प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ९१ पैसा तथा मुल्य आम्दानीको अनुपात ४१ दशमलब ०१ गुणा छ। 

नेपाल बंगलादेश बैंक

कारोबार बिस्तार गरि निक्षेप र कर्जाको आकार बढाउन सफल भएपनि बढेको ब्याज खर्च थेग्न नसक्दा नेपाल बंगलादेश बैंकको खुद मुनाफामा ३१ प्रतिशतको गिरावट देखिएको छ। यस अवधिमा बैंकले १५ करोड ४१ लाख खुद मुनाफा गरेको छ। जुन गत आर्थिक बर्षको तुलनामा ७ करोडले कम हो। 

८० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सहित १०१ प्रतिशतले चुक्ता पुंजी बढाएको एनबि बैंकले सोहि अनुपातमा आम्दानी वृद्धि गर्न नसक्दा प्रति सेयर आम्दानी समेत २२ रुपैयाँ ४४ पैसाबाट ७ रुपैयाँ २६ पैसामा झरेको छ।  

यस अवधिमा बैंकले ४२ अर्ब २२ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड छ भने जगेडा कोष रकम २ अर्ब ५० करोड छ। त्यस्तै बैंकको प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा र मुल्य आम्दानिको अनुपात ४४ गुणा छ।  

कृषि बिकास बैंक 

सरकारी स्वामित्वको कृषि बिकास बैंकको वित्तीय विवरणमा ब्याज खर्च र पुंजीवृद्धिको प्रभाब देखिएको छ। ब्याज खर्चले थलिएको कृषि विकास बैंकले राइट ब्याक मार्फत आम्दानी गरेकाले उसको मुनाफामा सन्तुलन देखिएको हो।

बैंकको खुद मुनाफा १४ प्रतिशतले घटेर ३६ करोड ३९ लाखमा सिमित भएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४२ करोड २३ लाख खुद मुनाफा गरेको थियो। 

यस अवधिमा बैंकले ९९ अर्ब ३० करोड निक्षेप संकलन गरि ८८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ। बैंकले कारोबार बिस्तारमा उल्लेख्य प्रगति गरेपनि ब्याज खर्च बढ्दा खुद मुनाफामा गिरावट आएको हो। 

बैंकले ८० प्रतिशतले चुक्ता पुंजी बढाएर ७ अर्ब ८ करोड पुर्याएको छ भने जगेडा कोष रकम १० अर्ब २३ करोड पुर्याएको छ। पुंजीवृद्धि अनुपातमा आम्दानी बढाउन नसक्दा बैंकको प्रति सेयर आम्दानी घटेको छ।  

त्यसो त बैंकबाट सरकारले अग्राधिकार सेयर वापत वार्षिक ६ प्रतिशतका दरले नगद लाभांस लैजाने गरेको छ। सरकारले नगद लाभांश बापतको रकम लिएपछिको मुनाफाबाट प्रति सेयर गणना हुनेहुँदा इपिएसमा गिरावट देखिएको हो।     

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ५४ पैसा छ भने प्रति सेयर नेटवर्थ २४४ रुपैयाँ ३९ पैसा र मुल्य आम्दानीको अनुपात २८ दशमलब १६ गुणा छ। 

बैंकहरुको रिपोर्ट र नेप्सेमा देखिएको गिरावटबारे के भन्छन लगानीकर्ता एवं विश्लेषक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved