ज्योति बिकास बैंकको आम्दानी बढ्दा सांग्रिला, एनआईडिसी र लुम्बिनीको किन भयो यस्तो हालत ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 06, 2017 | 09:05:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति, सांग्रिला, एनआईडिसी र लुम्बिनी बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन। पहिलो ३ महिनाको अवधिमा ज्योतिको खुद मुनाफामा वृद्धि हुँदा अन्य ३ बिकास बैंकको कमाई भने खुम्चिएको छ। 

ज्योति विकास बैंक 

ज्योतिले यस अवधिमा ४ करोड ५२ लाख खुद मुनाफा गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा १७ लाखले बढी हो। यस अवधिमा बैंकको खुद मुनाफा ३।८६ प्रतिशतले बढेको हो। 

यस अवधिमा ज्योतिले १२ करोड ८९ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन समिक्षा अवधिसँगको तुलनामा करिब ४ करोडले बढी हो। राप्ति भेरीलाई प्राप्त गरि कात्तिक ८, २०७४ देखि एकीकृत कारोबार थालेको ज्योतिको चुक्ता पुंजी २ करोड २० लाख छ भने यस अवधीमा उसको जगेडा कोषमा ५१ करोड १४ लाख छ। 

यस अवधीमा ज्योतिले ११ अर्ब ३० करोड निक्षेप संकलन गरि ९ अर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ। त्यस्तै यस अवधिमा बैंकको संचालन मुनाफा ७ करोड ११ लाख छ। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब ८२ प्रतिशत छ भने प्रति सेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ १८ पैसा छ।  

सांग्रिला डेभलपमेन्ट बैंक 

यस अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड १० लाख खुद मुनाफा गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधीसंगको तुलनामा १३ करोडले कम हो। 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत आर्थिक बर्षको यस अवधीसंगको तुलनामा ४० करोडले कम हो। यस अवधिमा बैंकको ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी १४ करोड १२ लाखमा सिमित भएको छ। यस अवधिमा सांग्रिलाले १३ अर्ब ८० करोड निक्षेप संकलन गरि १२ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ। 

यस अवधीमा बैंकको चुक्ता पुंजी १ अर्ब ३५ करोड छ भने जगेडा कोषमा ६१ करोड ७६ लाख छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन बैंकले कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति प्रक्रियामा छ भने ८० प्रतिशत हकप्रद बिक्रिको लागि धितोपत्र बोर्डबाट अनुमतिको पर्खाईमा छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ ९ पैसा, प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा र मुल्य आम्दानी अनुपात ३२ दशमलब ०१ गुणा छ। 

एनआइडिसी डेभलपमेन्ट बैंक 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एनआइडिसीको खुद मुनाफा ९ प्रतिशतले घटेको छ। यस अवधिमा एनआइडिसीको खुद मुनाफा १ करोड ९२ लाख छ। गत आर्थिक बर्षको यस अवधिमा एनआईडिसीको खुद मुनाफा २ करोड १० लाख थियो। 

यस अवधीमा एनआईडिसीको खुद ब्याज आम्दानी ६ करोड ६६ लाख छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ करोड ७१ लाख थियो। 

यस अवधिमा बैंकले १ अर्ब १० करोड निक्षेप संकलन गरि २ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ। हाल राष्ट्रिय बाणिज्य बैंकमा बिलय हुने प्रक्रियामा रहेको एनआईडिसीको चुक्ता पुंजी ४१ करोड ५८ लाख छ भने जगेडा कोषमा ३ अर्ब २६ करोड छ। 

एनआईडिसीको खराब कर्जा अनुपात १५।७२ प्रतिशतबाट घटेर ९।६२ प्रतिशतमा झरेको छ। यस अवधिमा एनआईडिसीको प्रति सेयर आम्दानी १८ रुपैयाँ ४८ पैसा र प्रति सेयर नेटवर्थ ८८५ रुपैयाँ ९६ पैसा छ। 

लुम्बिनी बिकास बैंक 

लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक मिलेर बनेको लुम्बिनी बिकास बैंकले यस अवधिमा १ करोड ६१ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधीमा बैंकले ३ करोड ३४ लाख खुद मुनाफा गरेको थियो। 

यस अवधिमा बैंकले १८ अर्ब ४५ करोड निक्षेप संकलन गरी १५ अर्ब ९० करोड कर्जा प्रवाह गरेको थियो। यस अवधीमा बैंकले १० करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ८ करोड छ भने जगेडा कोषमा ८३ करोड ३८ लाख छ। बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत कात्तिक १५ गते १० बराबर १ कित्ता सेयरका दरले २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद बिक्री गर्न  अनुमतिका लागि धितोपत्र बोर्डमा आबेदन दिएको छ। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३ दशमलब १६ प्रतिशत छ। त्यस्तै बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ २२ पैसा छ भने प्रति सेयर नेटवर्थ १४१ रुपैयाँ ५१ पैसा छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved