अधिकांश बैंकलाई आम्दानी बढाउन हम्मे हम्मे पर्दा माछापुच्छ्रे बैंकले कसरि गर्यो यस्तो प्रगति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 07, 2017 | 06:55:02 AM मा प्रकाशित

laxmi  sunrise bank

अधिकांश बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आम्दानी घटेको वित्तीय विवरण प्रस्तुत गरेपनि माछापुच्छ्रे बैंकले भने आशालाग्दो प्रगति विवरण सार्वजनिक गरेको छ। 

बैंकहरुको ब्याज खर्च बढेर गत आर्थिक बर्षको तुलनामा खुद ब्याज आम्दानी घटेको अवस्थामा माछापुच्छ्रेको खुद ब्याज आम्दानी समेत बढेको छ। हकप्रद, बोनस मार्फत चुक्ता पुंजी ४ अर्ब ६६ करोडबाट ८ अर्ब ३ करोड पुर्याएको माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको कमाईबाट वितरण गरेको बोनस सेयर समेत पुंजीकृत गरि प्रति शेयर आम्दानी देखाएको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको इपिएस २१ रुपैयाँ १७ पैसा थियो। पुंजीवृद्धि अनुपातमा आम्दानी बढ्न नसकेपनि समग्रमा बैंकले इपिएस समेत सन्तुलनमा नै राखेको मान्नुपर्छ। 

यस अवधिमा बैंकले २८ करोड ९ लाख ५९ हजार खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ४ लाखले बढी हो। यस अवधिमा बैंकले प्रोभिजनमा ८ करोड ४३ लाख राखेको छ भने ३ करोड ३६ लाख राइट ब्याक गरेको छ।  

बैंकले कुल ब्याज आम्दानी  १ अर्ब ७१ करोड गरेको भएपनि उसको ब्याज खर्च दुई गुणा बढीले वृद्धि हुँदा समेत खुद ब्याज आम्दानी गत बर्षको तुलनामा ८ करोडले बढाएर ६१ करोड २१ लाख पुर्याएको छ।

यस अवधिमा बैंकले ६० अर्ब ३० करोड निक्षेप संकलन गरि ५४ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ। जुन गत बर्षको यस अवधीसंगको तुलना निक्षेप तर्फ २ अर्ब तथा कर्जा तर्फ ५ अर्बले बढी हो। बैंकको कर्जा निक्षेप अनुपातको सिलिंग ७९.५३ प्रतिशत पुगेको छ। आगामी दिनमा बैंकले निक्षेप संकलन तर्फ बढी मेहनत गर्नुपर्ने देखिन्छ।  

व्यवसाय बिस्तार गर्ने क्रममा बैंकको संचालन खर्च र कर्मचारी खर्च बढेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०।५४ प्रतिशतबाट घटेर ०।४५ प्रतिशतमा झरेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड छ भने जगेडा कोष रकम ९२ करोडबाट बढेर १ अर्ब २२ करोड पुगेको छ। यस अवधिमा बैंकको प्रति शेयर नेटवर्थ ११५ रुपैयाँ २८ पैसा र मुल्य आम्दानीको अनुपात २२ रुपैयाँ ९३ पैसा छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीहरुलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजन ) वितरण गर्ने घोषणा गरिसकेको छ।  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved