नेप्सेमा गिरावट जारी, ४२ करोडको कारोबार, कमाउनेमा सुर्योदय लघुवित्त अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 01:33:30 PM मा प्रकाशित

laxmi  sunrise bank

 साताको तेस्रो दिन आज मंगलबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ  । आज नेप्से सूचक ८.९७ अंकले घटेर १४८४.४५ को बिन्दुमा पुगेर रोकिएको छ  ।  आज कारोबारमा आएका १५९ कम्पनीका ११ लाख २९ हजार २ सय ९ कित्ता शेयर खरिद बिक्रि बाट ४२ करोड ४४ लाख ४६ हजार ७ सय ५६ रुपियाँको कारोबार भएको छ। 

आज नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ९४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम , फरवार्ड माइक्रोफाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन्  । 

आज कारोबार आएका समुहगत सूचक मध्ये ट्रेडिङ बाहेकका सबै समुहगत सूचक घटेका छन्  । 

आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै ८.०८ प्रतिशत कमाएका छन् भने कावेली विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्बाधिक ७.३१ प्रतिशत गुमाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved