नेतृत्त्व बिहिन हुँदा अनलाइन ट्रेडिङ प्रभावित, यस्तो छ अहिलेसम्मको प्रगति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 07, 2017 | 03:51:49 PM मा प्रकाशित

laxmi  sunrise bank


कात्तिक २१ गते 'आउने' भनिएको अनलाइन ट्रेडिङ कार्यन्वयनमा आउन अझै केहि समय लाग्ने भएको छ। प्राविधिक बिषय भएकाले अनलाइन ट्रेडिङ कार्यान्वयनमा आउने मिति तोक्न नहुने बताउदै नेप्सेका प्रमुख कार्यकारी अधिकृतले तोकिएको समय अवधिभित्र नै आउने प्रतिबद्दता जनाएका छन। 

अनलाइन ट्रेडिङको सिस्टम निर्माण गर्ने जिम्मेवारी पाएको 'वाईको' ले सम्झौता अनुसार नै तोकिएको मितिमा सक्ने गरि तिब्र रुपमा काम अगाडी बढाएको सीईओ साउदले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन। '१६ मोडल मध्ये महत्त्वपूर्ण ६ वटा मोडलको परिक्षण भईसकेको छ, बाँकी मोडल पनि यहि महिना परिक्षण सकिन्छ' उनले भने। 

करिब ४ महिना नेप्से प्रमुख कार्यकारी बिहिन हुँदा अनलाइन ट्रेडिङको काम ठप्प जस्तै भएकाले पूर्ण सिस्टमलाई नै समयमै परिक्षण गर्न नसकिएको जनाइएको छ। 'कात्तिक २१ गते अनलाइन ट्रेडिङको सिस्टमको परिक्षण सुरु हुन्छ भनिएको थियो' नेप्से प्रवक्ता मुराहरी पराजुलीले भने,'तर बजारमा कात्तिक २१ बाट नै अनलाइन ट्रेडिङ सुरु हुन्छ भन्ने भयो, अब काम तिब्र रुपमा अघि बढेको छ, तोकिएको १४ महिना भन्दा अगाडी नै अनलाइन ट्रेडिङ कार्यन्वयनमा आउने सम्भावना कायम छ।' उनले भने।

कात्तिक २१ गते अनलाइन ट्रेडिङको परिक्षण गर्ने गरि काम अगाडी बढेको थियो तर नेप्से ४ महिना कार्यकारी बिहिन हुँदा योजना अनुसार काम हुन नसकेको हो' प्रवक्ता पराजुलीले भने।  

हेर्नुस नेप्सेद्वारा जारि बिज्ञप्ति 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved