अनलाइन ट्रेडिङको मिति धकेलिदा लगानीकर्ताको विश्वास माथी गम्भीर चोट: इन्भेष्टर्स फोरम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 06:16:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर्स फोरमले अनलाइन ट्रेडिङ प्रणालीको कार्यन्वयन हुने मिति धकेलिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ। कात्तिक २१ देखि अनलाइन ट्रेडिङ संचालनमा ल्याउने निर्णय भएकोमा मिति पछि धकेलिएकाले आम लगानीकर्ताको विश्वास माथी गम्भीर चोट पुग्न गएको फोरमको भनाई छ। 

'पूर्व घोषित मिति बमोजिम नियमनकारी निकायहरूको निर्णय कार्यन्वयन नहुने हो भने यसले पुँजी बजार विकास र विस्तारमा बाधा पर्ने देखिएको हुँदा सीघ्र यलष्लिभ कारोबार प्रणाली संचालनमा ल्याउन जोडदार माग गर्दछ' फोरमद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

साथै नेपाल धितोपत्र बोर्डले हकप्रद शेयरको आवेदनमा आस्वा प्रणाली अवलम्बन गर्ने र हकप्रद शेयर बिक्रीमा लिलाम बढाबढबाट बिक्री गर्नका लागि उपत्यका बाहिरका केही सहरहरूबाट समेत गर्न सकिने व्यवस्था गरिएको प्रति फोरमले आभार प्रकट गरेको छ।  

त्यस्तै धितोपत्र दलाल व्यवसायीहरू मार्फत लगानीकर्ताहरूमा मार्जिन कारोबारको सुबिधा उपलब्ध गराउने र नेपाल स्टक एक्सचेन्जले विकास बैंक र लघुवित्त विकास बैंकको उपसुचकहरू फरक–फरक बनाई पारदर्शी बनाउने निर्णयलाई फोरमले स्वागत गर्दै आभार प्रकट गरेको छ।     

  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved