सपोर्ट माइक्रोफाइनान्सको आईपिओ बाँडफांड, सबैलाई गोलाप्रथाबाट १० कित्ता सेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 08:09:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुधबार साधारण सेयर  बाँडफाँड गरेको हो  । 

 क्यापिटलका अनुसार आईपिओमा कुल २  लाख ३७ हजार ६ सय १७  जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ३५ हजार २ सय ४८  आवेदन योग्य र २३  सय ९६  आवेदन अयोग्य भएका छन् । 

बाँडफाँड मोडल अनुसार कुल योग्य आवेदन मध्ये गोलाप्रथाबाट १६ हजार ७ सय ४० जनाले समान १० कित्ता शेयर पाएका छन्  । अन्य आवेदन भने हात खाली परेका छन् । आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्ताको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ  ।  

आईपिओको नतिजा केहि समयपछि बिजपाटीमा प्रकाशित गरिने छ  ।

१ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ।   

आइपिओ निष्काशन निष्काशन तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ६ करोड रुपैयाँ पुग्ने छ। २०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी रु. १५ करोड रहेको छ। त्यस्तै जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ । 

हाल वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म १९ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३,८०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गर्दै आएको छ।  गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

support

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved