समयमै अनलाइन ट्रेडिङ कार्यन्वयन नहुनु शंकास्पद, छानबिन नगरे आन्दोलनको चेतावनी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 11:46:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कात्तिक २१ मा अनलाइन ट्रेडिङ आउने अपेक्षा बिपरित आएको नेप्सेको भनाई प्रति नेपाल पूँजी बजार लगानीकर्ता संघले कडा शब्दमा आलोचना गरेको छ। 

एक बिज्ञप्ति मार्फत संघले भनेको छ, 'लाखौं लगानीकर्ताहरुले ब्यग्र प्रतीक्षा गरिरहेको पूर्ण अनलाईन कारोबार प्रणाली तत्काल नल्याउने नेपाल स्टक एक्सचेन्जको निर्णयबाट लगानीकर्ता संघ स्तब्ध भएको छ।'

कात्तिक २१ मा नै अनलाईन प्रणाली कार्यन्वयनमा ल्याउने नेप्सेको पुर्व घोषणा बिपरित नेप्सेको पछिल्लो बिज्ञप्ती आएको प्रति खेद प्रकट गर्दै संघलेनेप्से पुंजीबजारको सुधार तथा बिस्तारका लागि नालायक साबित भएको गम्भीर आरोप लगाएको छ। 'नेप्से पूँजी बजार सुधार तथा बिस्तारका लागि नालायक सावित भएको मात्रै छैन, यसमा ठूलो आर्थिक तथा अन्य खालको गंभीर चलखेल भएको आभाष पनि मिलेको छ' बिज्ञप्तीमा उल्लेख छ। 

पुंजीबजारको सुधार, बिस्तार तथा बिकास पहिलो सर्त भएको भन्दै अब नेप्सेलाई निजीकरण गर्नुको बिकल्प नरहेको संघको भनाई छ। यहि नेप्सेबाट काम हुन नसक्ने हो भने अर्को स्टक एक्सचेन्ज ल्याउन समेत संघको माघ रहेको छ। 

'अहिले कै नेप्सेको भर पर्ने हो भने नेपालको पूँजीबजार झन् धरासायी बन्ने खतरा छ । नेप्से भित्र हुने अनेक चलखेल र दाउपेचको शिकार हामी लगानाीकर्ताहरु अनन्तकालसम्म बन्न कदापी तयार छैनौ । हामीले शालिन ढंगले उठाएका आवाजहरु समयमै सुनिएन भने कडा आनदोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौ ।' संघका अध्यक्ष नबराज सुबेदीले बिज्ञप्ती मार्फत बताएका छन।                                      



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved