नेप्से बर्ष कै न्यून बिन्दुमा, सबै सूचक घट्यो, स्ट्याण्डर्ड चार्टर्डको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2017 | 01:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार पनि बजार परिसूचक नेप्से घटेको छ  । आज नेप्से सूचक १७.८३ अंकले घटेर १४६६.६२ को बिन्दुमा पुगेर रोकिएको छ । नेप्से घटेर  वर्ष कै न्यून बिन्दुमा पुगेको हो। बैशाखमा १६ सयको हाराहारीमा रहेको नेप्से अहिले बर्षकै न्यून बिन्दुमा पुगेको हो  ।  

आज कारोबारमा आएका १५९ कम्पनीका ११ लाख ९८ हजार २ सय ६४ कित्ता शेयर खरिद बिक्रिबाट ४७ करोड ७७ लाख ९ हजार ४ सय ५९ रुपियाँको कारोबार भएको छ  । 

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ३ करोड २२ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन्  । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये इन्स्योरेन्स समूह १३५ अंकले घटेको छ  । 

आज कमाउनेमा महुली लघुवित्तका लगानीकर्ता अगाडी छन् भने बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत गुमाएका छन्  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved