अन्तत: बोर्डले दियो यस्तो निर्देशन, प्रिमियममा संस्थापक सेयर बिक्रि गर्ने बिओकेको योजना असफल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 05:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डूले जारि गर्न लागेको नयाँ संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि हुने भएको छ। बैंकले फेस भ्यालुमा १६६ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २६६ रुपैयाँमा लिलाम गर्ने अनुमति मागेपनि नेपाल धितोपत्र बोर्डले प्रिमियम मुल्य बिना नै लिलाम बिक्रि गर्न निर्देशन दिएको हो। 

धितोपत्र बोर्डले प्रिमियम मुल्य बिनानै फेस भ्यालुमा संस्थापक सेयर लिलाम मार्फत बिक्रि गर्न निर्देशन दिएसंगै बैंकको योजना असफल भएको छ। बैंकले पहिलो पटक प्रिमियम मुल्य सहित प्रति कित्ता ३१० रुपैयाँमा एफपीओ बिक्रि गर्ने प्रस्ताब गरेको थियो। धितोपत्र बोर्डको निर्देशन अनुसार बैंकले अब ६१ लाख ५८ हजार ६७ कित्ता थप संस्थापक शेयर प्रति कित्ता न्युनतम १०० रुपैयाँमा बिक्रि गर्नु पर्नेछ।     


सूचिकृत कम्पनीहरुले थप नयाँ संस्थापक सेयर निष्काशन गर्ने सम्बन्धि व्यवस्था नभएको भन्दै बोर्डले एफपीओ निष्काशनको अनुमती मागेको बैंकको आबेदनलाई सुचिबाटै हटाएर अन्तत: लिलामी प्रक्रियामा जान निर्देशन दिएको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड छ।  

बैंकले लुम्बिनी बैंकसंगको मर्जपछि संस्थापक साधारण शेयर अनुपात ५१:४९ बनाउन एफपिओ निष्काशनको तयारी गरेको हो। मर्जपछि संस्थापक शेयर स्वमित्व ४५.६४ प्रतिशत कायम भएको थियो । संस्थापक एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुंजी ६ अर्ब २४ करोड पुग्ने थियो।

बिजपाटि डटकमले केहि समय अगाडी एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प भन्ने शिर्षकमा लेखेको समाचारमा पहिलो बिकल्पमा बैंकले लिलाम मार्फत बिक्रि गर्ने विश्लेषण गरेको थियो। 


 



 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved