लगानीकर्तालाई शत प्रतिशत हकप्रदको भारी बोकाउदै नागबेली लघुवित्त, राष्ट्र बैंकबाट बोनस पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 09:20:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नागबेली लघुवित्तले बोनसपछि शतप्रतिशत हकप्रद जारि गर्ने भएको छ  । लघुवित्तले यस अघि नै ४५.६ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । उक्त बोनस प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको पनि कम्पनीले जनाएको छ । 

अब कम्पनीले बोनस वितरण पश्चात शत प्रतिशत हकप्रद जारि गर्ने भएको हो । कम्पनीको बुधबार बिहान बसेको संचालक समितिको बैठकले बोनसपछि हकप्रद जारि गर्ने निर्णय गरेको हो । 

कम्पनीको बोनस र हकप्रद प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले गत बर्षको साधारण सभा बाट नै शत प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको भए निष्काशन भने गरेको थिएन । 

 हाल कम्पनीको चुक्ता पुंजी ५ करोड २५ लाख रहेकोमा बोनसपछि कम्पनीको चुक्ता पुंजी  ७ करोड ६३ लाख पुग्ने छ  । त्यस्तै शतप्रतिशत हकप्रद पछि चुक्ता पुंजी १५ करोड २६ लाख पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved