'समयमै अनलाइन ट्रेडिङ आउँछ, आत्तिनुपर्दैन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 04:48:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ता संघले अनलाइन कारोबार समयमै लागू हुने भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरेको छ। नेपाल स्टक एक्सचेन्जले पत्रकार सम्मेलन गरेर भेन्डर कम्पनी वाईकोसंग बैशाख ६ गतेदेखि लागू हुने गरि १४ महिना भित्र अनलाइन प्रणाली बनाउने गरि सम्झौता भएको जानकारी गराएसंगै बाहिर आएसंगे लगानीकर्ताहरु आत्तिएका हुन। 

तर शेयर लगानिकर्ता संघले नेप्सेको हवाला दिदै समयमै अनलाइन प्रणाली आउनेमा लगानीकर्ताहरुलाई बिश्वस्त बनाउने प्रयास गरेको छ। संघले आफुहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई भेटी चाँडो अनलाइन प्रणाली ल्याउन भनेको र नेप्से यसमा सकारात्मक रहेकाले लगानीकर्तालाई धैर्य रहन अपिल गरेको छ। 

पुर्वघोषित मितिमा अनलाइन ट्रेडिङ आउने अपेक्षा बिपरित नेप्सेले त्यो दिन (कात्तिक २१) पत्रकार सम्मेलन गरि अनलाइन ट्रेडिङ प्रणाली निर्माणको प्रगति सम्बन्धमा जानकारी गराएको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved