साझा र युनियनलाई प्राप्तिपछि देवः विकास बैंकको एकीकृत कारोबार, नपुग पुंजी पुर्याउन हकप्रद र बोनस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 08:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

देव: बिकास बैंकले साझा विकास बैंक र युनियन फाइनान्सलाई प्राप्ति गरी कात्तिक २३ देखि एकीकृत कारोबार थालेको छ। नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले एकीकृत कारोबारको शुभारम्भ गरे।

प्राप्ति पश्चात देब बिकास बैंकको चुक्ता पुंजी १ अर्ब ८८ करोड पुगेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेको १७।१० प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ६९ करोड पुगेको हो। बैंकले कैलालीको धनगढी र कास्कीको पोखराबाट पनि एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ गरेको छ।   

बैंकले ४० प्रतिशत हकप्रद तथा बोनस मार्फत राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले बताए। प्राप्ति पश्चात बैंकको निक्षेप १२ अर्ब ७८ करोड तथा कर्जा ११ अर्ब २८ करोड पुगेको छ भने शाखा तथा सेवा केन्द्रको संख्या ४९ वटा पुगेको छ।    

साझा बिकास बैंक र युनियन फाइनान्सलाई देबले क्रमश: १०० र ५० प्रतिशतको स्वाप अनुपातमा प्राप्त गरेको हो। देबले बिक्रि गर्ने ४० प्रतिशत हकप्रदका लागि साझा बिकास बैंक र युनियन फाइनान्सका शेयरधनीले समेत दाबि गर्न पाउनेछन।  

हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ६३ करोड नाघ्नेछ। बैंकले गत आर्थिक बर्ष २८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै  बैंकले हालै मात्र सर्लाही केन्द्रित सहारा बिकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ। 

सहारा विकास बैंकसँग भएको समझदारी बमोजिम प्राप्तिको कार्य सम्पन्न भए पछि नेपालगञ्ज, कोहलपुर, वुटवल र विरगञ्जमा थप शाखा विस्तार गर्ने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved