सिद्धार्थ इक्विटी फण्डको इकाई बाँडफाँड, २४ आबेदन रद्द हुँदा कसले कति इकाई पाए ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 06:27:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ क्यापिटलले ल्याएको 'सिद्दार्थ इक्विटी फन्ड' को इकाईहरु बाँडफाँड गरिएको छ। सिद्दार्थ क्यापिटलको कार्यालय नक्सालमा फण्डका इकाईहरु बांडफांड भएको हो। 

कुल २९ हजार ५७३ आबेदक मध्ये २४ जनाको आबेदन रद्द भएका छन। बाँकी रहेका २९ हजार ५४९ जनाले कोषको इकाई पाएका छन।

८० लाख रुपैयाँसम्मका ८ लाख इकाई माग गर्ने जति सबैले मागेजति रकमको इकाई पाएका छन। त्यस्तै १० लाख इकाईदेखि २४ लाख इकाईसम्म माग गर्ने ४१ आवेदक मध्ये ३३ आवेदकलाई ९ ९ लाख ६७ हजार ७४८ इकाईहरु वितरण गरिएको छ। बाँकी ८ आवेदकलाई ९ लाख ६७ हजार ७४७ इकाई बितरण गरिएको छ। बाँकी २ करोड २५ लाख इकाई सिद्दार्थ बैंकलाई वितरण गरिएको छ।  

क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको 'सिद्दार्थ इक्विटी फन्ड' निष्काशन गरेकोमा माग भन्दा बढी आबेदन परेकाले २५ प्रतिशतले बढाएर कोषको आकार १ अर्ब ५० करोडको पुर्याइएको छ।

सिद्दार्थ इक्विटी फन्ड १० बर्ष बन्दमुखी योजना हो। सिद्दार्थ क्यापिटलले यस अघि सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम संचालन गर्दै आएको छ।      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved