चिलिमे हाइड्रोको बार्षिक साधारण आज, यस्ता छन मुख्य एजेन्डा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 08:35:44 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावरको आज बार्षिक साधारणसभा डाकेको छ। हाइड्रोपावरले साधारणसभा प्रयोजनार्थ असोज २७ देखि कात्तिक २४ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले असोज २६ सम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

हाइड्रोपावरले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजन रकम सहित) २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

चिलिमेले नेपाल प्रहरी क्लब, भिर्कुटिमण्डपको हलमा कात्तिक २४ गते बिहान ११ बजे २१ औ बार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले लाभांश प्रस्ताब पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

१५ प्रतिशत बोनस सेयर वितरण पछी चिलिमेको चुक्ता पुंजी ३ अर्ब ९५ करोड पुग्नेछ। हाल चिलिमेको चुक्ता पुंजी ३ अर्ब ४४ करोड छ। चिलीमेले गत आर्थिक बर्ष ९६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved