माछापुच्छ्रे बैंकको साधारणसभा मङ्सिर १५ मा, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 09:44:01 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले आगामी मङ्सिर १५ गते साधारणसभा गर्ने भएको छ । बैंकले पोखराको पोखरा ग्रान्ड होटेलमा साधारणसभा गर्ने भएको हो ।

साधारणसभामा बैंकको संचालक समितीले प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश हुने छ । 

साधारणसभा प्रयोजनको लागि बैंकले मङ्सिर १ गते देखि १५ गते सम्मको लागि बुक क्लोज मिति तय गरेको छ । अर्थात् कार्तिक ३० गते संम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले प्रस्ताव गरेको बोनस पाउन सक्ने छन् ।

प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड खुद नाफा कमाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved