लक्ष्मी बैंकले मङ्सिर २८ गते साधारणसभा गर्ने भएको छ ।
साधारणसभामा बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश हुने छ ।
साधारणसभा प्रयोजनको लागि बैंकले मङ्सिर ११ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन र प्रस्तावित बोनस प्राप्त गर्ने सक्ने छन् ।
१० प्रतिशत बोनस सेयर वितरण पश्चात लक्ष्मी बैंकको चुक्ता पुंजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार २०० पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ७ अर्ब ४७ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब खुद मुनाफा आर्जन गरेको थियो।