एकै दिन ३ कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति, हेर्नुस कुनको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 01:19:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले एकै दिन ३ कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले बिहिबार ३ कम्पनीलाई हकप्रद निष्काशनको अनुमति इद्येको हो । अनुमति पाउनेमा १ इन्स्योरेन्स, १ विकास बैंक र १ फाइनान्स कम्पनी रहेका छन् ।

 सेन्ट्रल फाइनान्स, प्रुदेन्शियल इन्स्योरेन्स र शंग्रिला डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति पाएका हुन्  । 

 सेन्ट्रल फाईनान्सले २ शेयर बराबर १ (२ः१) शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो  ।  सेन्ट्रल फाईनान्सले प्रति शेयर मूल्य रु १०० अंकित दरको २६ लाख ३ हजार ३ सय १४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । फाइनान्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 सेन्ट्रल फाईनान्सकोे हाल कायम चुक्ता पुँजी रु ५२ करोड ६ लाख ६२ हजार ८ सय १५ रहेकोमा हकप्रद शेयर निष्काशन पछि कुल चुक्ता पुँजी रु ७८ करोड ९ लाख ९४ हजार २ सय २० पुग्नेछ । 

त्यस्तै प्रुडेन्शियल इन्सुरेन्सले  १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  । कम्पनीले १२ करोड ८३ लाख मूल्य बराबरको १२ लाख ८३ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक चयन भएको छ ।  

त्यस्तै शंग्रिला डेभलपमेन्ट बैंकले १०:८ को अनुपातमा ८०- प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  ।   बैंकले  १२ करोड ८३ लाख मूल्य बराबरको १२ लाख ८३ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक चयन भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved