आरम्भ माइक्रोफाइनान्सले २ लाख ९४ हजार कित्ता आइपीओ जारि गर्न, बोर्डमा दियो निवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2017 | 01:46:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको अनुमति माग्दै आरम्भ माइक्रो फाइनान्सले नेपाल धितोपत्रमा निवेदन दिएको छ । कम्पनीले बुधबार बोर्डमा आवेदन दिएको हो । 

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले २ लाख ९४ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । माइक्रोफाइनान्सले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने बिशेष प्रस्ताब कात्तिक १८ मा भएको तेस्रो बार्षिक साधारणसभाबाट पारित गरेको थियो । 

माइक्रोफाइनान्सले आइपीओ निष्काशनका लागि एनआईसी एसिया क्यापिटललाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरिसकेको छ। माइक्रोफाइनान्सले कम्पनिका कर्मचारी समेतलाई गरि २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपीओ जारि गर्न लागेको हो। 

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरी १५ पहाडी जिल्लामा लघुवित्त  सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved