चिलिमेको लाभांश प्रस्ताब पारित, पहिलो ३ महिनामा कमायो ३० करोड ९१ लाख

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 08:33:42 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनीको २५ प्रतिशत लाभांश प्रस्ताब पारित भएको छ। चिलिमेको २४ गते को बार्षिक साधारणसभाले संचालक समितिको १५ प्रतिशत बोनस र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब पारित गरेको हो। 

साधारणसभाबाट लाभांश प्रस्ताब पारित भएसंगै शेयरधनीहरुले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ४७ लाख ९२ हजार ४ सय ४८ रुपैयाँ बराबरको नगद लाभांश तथा १५ प्रतिशतले हुन आउने ५१ करोड ७१ लाख ८८ हजार ६ सय ७२ रुपैयाँ मूल्यको बोनस सेयर प्राप्त गर्नेछन् ।

बोनस प्रस्ताब पारित भएपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड पुगेको छ। कम्पनीमा नेपाल बिद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरस्वामित्व छ। जसमा १० प्रतिशत आयोजना प्रभावितको सेयरस्वामित्व छ।  त्यस्तै कम्पनीको सहायक कम्पनीहरुमा रसुवागढी हाइड्रोपावरमध्ये भोटेकोशी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी रहेका छन।

त्यस्तै कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३० करोड ९१ लाख खुद मुनाफा आर्जन गरेको छ। कम्पनीले बिजुली बेचेर यस अवधीमा ३६ करोड ९५ लाख कमाएको छ। कम्पनीको खुद मुनाफा गत आर्थिक बर्षको यस अवधीसंगको तुलनामा २।५९ प्रतिशतले बढी हो। 

यस अवधिमा कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड छ भने जगेडा कोषमा  ५ अर्ब २१ करोड छ। त्यस्तै गत आर्थिक बर्षको तुलनामा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँले घटेर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved