20 Nov, 2017 | ४ मंसिर २०७४ | सोमवार


Bizpati Reporter

Follow us on

कैलाश विकास बैंकले यसअघि प्रस्ताव गरेको लाभांशमा केहि परिमार्जन, अब कति दिन्छ लाभांश ?

Posted on:November 12, 2017

कैलाश विकास बैंकले आफुले यस अघि घोषणा गरेको लाभांशमा केहि परिमार्जन गरेको छ । बैंकको असोज ६ गते बसेको संचालक समतिको बैठकले आथिक बर्ष ७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको  थियो । जस अनुसार बैंकले २२ करोड ९१ लाख ४८ हजार ८ सय बराबरको बोनस शेयर र २१ करोड ७६ लाख ९१ हजार २०४ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

तर अब बैंकले नगद लाभांश भने केहि परिमार्जन गरेको छ । अब बैंकले २१ करोड ६५ लाख ५८ हजार ३ सय ७५ को नगद लाभांश मात्र दिने भएको छ  ।  बोनस शेयरमा भने कुनै परिमार्जन भएको छैन  ।  

नेपाल राष्ट्र बैंकले स्थगन कर सम्पती बराबरको ९१ लाख ३२ हजार ८ सय १३ संचित नाफा बाँकी रहने गरी मात्र लाभांश वितरण गर्न अनुमति दिएकोले लाभांश रकममा केहि परिमार्जन गर्नु परेको बैंकले जनाएको छ   । बैंकको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले सोहि अनुसारको नयाँ लाभांश प्रस्ताव समेत पारित गरिसकको छ  । 

अब  उक्त प्रस्ताव बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब २९ करोड १४ लाख ८७ हजार २ सय रहेकमा प्रस्तावित  १० प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५२ करोड नाघ्ने छ । बैंकले गत आर्थिक बर्ष ५० करोड २६ लाख खुद मुनाफा आर्जन गरेको थियो।




Share your thoughts!

Loading...

Trending