सकियो अल्पाइन र अरुणको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 12:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अल्पाइन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको लिलामीको सेयरको बोलपत्र खोल्ने काम बल्ल सकिएको छ। अल्पाइन डेभलपमेन्ट बैंकको २ लाख ५९ हजार २४९ कित्ता लिलाममा राखिएको थियो भने अरुण फाइनान्सको ३ लाख ६ हजार २३३ कित्ता लिलाममा राखिएको थियो। 

अल्पाइन डेभलपमेन्ट बैंक 

कात्तिक १६ देखि २३ गतेसम्म लिलाममा राखिएको शेयरमा साधारण शेयरमा प्रति कित्ता १८७।१४ रुपैयाँ वा त्यो भन्दा माथिको मुल्यमा बोलपत्र पेश गर्नेले अल्पाइनको साधारण सेयर सकार्ने 'मौका' पाएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। (प्रारम्भिक तथ्यांक अनुसार) 

एनएबि क्यापिटलका अनुसार साधारणतर्फको लिलामको सेयरमा कुल ४९९ जनाले आबेदन दिएका थिए। अल्पाइनको साधारण तर्फको सेयरमा अधिकतम प्रति कित्ता २५०।६० मा कबुलेका छन। दोस्रो बजारमा बैंकको सेयर पछिल्लो मुल्ली २५८ छ। 

त्यस्तै संस्थापक तर्फको लिलामको सेयरको कट अफ मुल्य १०० रुपैयाँ तोकिएको छ। संस्थापक तर्फ आबेदन दिएका ६ संस्थापक सेयरधनीहरुले नै अल्पाइनको संस्थापक शेयर सकारेका छन।    

अल्पाइनले गत आर्थिक बर्ष ६ करोड २७ लाख खुद मुनाफा गरेको छ। सेन्चुरी कमर्शियल बैंकसंग बिलय प्रक्रियामा रहेकाले बैंकको सेयर कारोबार रोक्का छ। 

अरुण फाइनान्स

कात्तिक १४ देखि कात्तिक २२ सम्म लिलाममा राखिएको अरुण फाइनान्सको सेयरमा प्रति कित्ता १४१ वा त्यो भन्दा माथि रहेर बोलपत्र पेश गर्नेले अरुणको साधारण सेयर सकारेका छन। बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार लिलाममा राखिएको साधारणतर्फको सेयरमा कुल ४२५ जनाले बोलपत्र पेश गरेका छन। जसमध्ये ११ जना बोलकबोल दाताले सेयर सकारेका छन। 

त्यस्तै लिलाममा राखिएको संस्थापक तर्फको शेयरको कट अफ मुल्य १००.०१ पैसा तोकिएको छ। संस्थापक तर्फ लिलाममा राखिएको १ लाख ८० हजार ८६६ कित्ता सेयरका लागि १९ जनाले बोलि लगाएका थिए तर १८ जना संस्थापक शेयरधनीले मात्र सेयर सकार्ने मौका पाएका छन। संस्थापक शेयरमा प्रति कित्ता अधिकतम १५० रुपैयाँमा बोलि लागेको जनाइएको छ।   

अरुण फाइनान्सले गत आर्थिक बर्ष १ करोड ४६ लाख खुद मुनाफा गरेको छ । कात्तिक २६ का दिन अरुण फाइनान्सको शेयर प्रति कित्ता १५३ रुपैयाँ कारोबार भईरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved