के नेपाल बैंकले लाभांश खुवाउने हैसियत बनाएकै हो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 13, 2017 | 08:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९७ करोड १३ लाख खुद मुनाफा गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा १६ प्रतिशतले कम हो। गत आर्थिक बर्षको यस अवधिमा बैंकले शेयर र सम्पति बिक्रि गरि खुद मुनाफा १ अर्ब १६ करोड पुर्याएको थियो। 

बैंकले लिलाममा राखेको विभिन्न कम्पनीका शेयर बिक्रि हुन्थ्यो भने बैंकको खुद मुनाफा अझै बढ्ने थियो तर शेयर बिक्रि हुन नसक्दा बैंकको कमाई प्रभावित भएको छ। गत आर्थिक बर्षको यस अवधिमा शेयर र सम्पती बिक्रि गरेर मुनाफा उल्लेख्य बढाएको बैंकले यस अवधिमा 'अर्गानिक' प्रगति गर्नुले आगामी दिनमा राम्रै गर्ने अपेक्षा गर्न सकिन्छ। 

अन्य बैंकहरुको ब्याज र संचालन खर्च बढेको अवस्थामा नेपाल बैंकको संचालन आम्दानी भने ५२ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको संचालन आम्दानि ७२ करोड ८२ लाख पुगेको छ। 


यस अवधीमा बैंकको चुक्ता पुंजी ८ अर्ब ४ करोड पुगेको छ भने जगेडा कोष रकम २१० प्रतिशतले बढाएर ४ अर्ब ७५ करोड पुर्याएको छ। जगेडा कोष रकममा ब्यापक सुधार ल्याउन सफल हुँदै बैंकले अबका बर्षमा शेयरधनीहरुलाई लाभांश खुवाउन सक्ने सम्भावना बढेको छ।  

अन्य बैंकहरुले झैँ निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य प्रगति नगरेपनि बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार गरेको छ। 

यस अवधिमा बैंकले ९२ अर्ब ७२ करोड निक्षेप संकलन गरि ७३ अर्ब ६९ करोड कर्जा लगानी प्रवाह गरेको छ। यस अवधिमा बैंकले २२ करोड ९९ लाख प्रोभिजनमा राखेको छ भने ४८ करोड ८५ लाख राइट ब्याक गरेको छ। जस कारण बैंकको खुद मुनाफा वृद्धि हुन सहयोग मिलेको छ। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३।१० प्रतिशतबाट बढेर ३।४२ प्रतिशतमा पुगेको छ। त्यस्तै प्रति स्येअर आम्दानी ४८ रुपैयाँ ३ पैसा, प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ १८ पैसा र मुल्य आम्दानी अनुपात २८।९७ गुणा रहेको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved