कन्चन डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 09:29:37 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्चन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ  ।  बैंकको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले १६.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८४३८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो  । 

बैंकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट १६.०३ प्रतिशतका दरले ५ करोड ५५ लाख ५० हजार बराबरको बोनस शेयर र २९ लाख २३ हजार ६ सय ८४ दशमलव २१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । बैंकले गत आर्थिक बर्षमा ७ करोड ३६ लाख मुनाफा गरेको थियो  । 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  । 

हाल बैंकको चुक्ता पुंजी ४५ करोड ४ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि चुक्ता पुंजी ५२ करोड २९ लाख पुग्ने छ   । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved