प्राइम कमर्शियल बैंकले २७ प्रतिशत बोनस दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 09:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको कार्तिक २६ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट २७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  । 

हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ३२ करोड रहेकोमा प्रस्तावित २७ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ  । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३४ करोड १७ लाख खुद नाफा कमाएको थियो  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved