४० प्रतिशत हकप्रद निष्काशनको लागि सिभिल बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 10:21:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले १० बराबर ४ कित्ता सेयरका दरले हकप्रद निष्काशनको अनुमति मागेकोमा कात्तिक १ गते धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको थियो । 

बैंकले ४० प्रतिशतका दरले २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८.६७५ कित्ता हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो।  बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

हकप्रद निष्काशनको लागि बैंकले मङ्सिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् 

४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ। त्यसपश्चात बैंकले १० दशमलब ३४ प्रतिशतले पुंजी वृद्धि गर्दा समेत उसको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। बैंकले गत आर्थिक बर्ष ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved