20 Nov, 2017 | ४ मंसिर २०७४ | सोमवार


Bizpati Reporter

Follow us on

सगरमाथा इन्स्योरेन्सले यस बर्ष लाभांश वितरण नगर्ने

Posted on:November 14, 2017

सगरमाथा इन्स्योरेन्सले यस बर्ष कुनै लाभांश वितरण नगर्ने भएको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को वित्तीय विवरण पारित गर्दै मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो 

कम्पनीले गत आर्थिक वर्ष २५ करोड ५५ लाख खुद नाफा कमाएको थियो । कम्पनीले गत बर्ष भने २२ प्रतिशत बोनस वितरण गरेको थियो 

हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ८२ लाख रहेको छ । सबै निर्जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष ७४/७५ को अन्त्यसम्ममा चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने छ । 



 


Share your thoughts!

Loading...

Trending