रैरांग हाइड्रोपावरले ८ लाख ४० हजार कित्ता आइपीओ निष्काशन गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 04:02:24 PM मा प्रकाशित

laxmi  sunrise bank

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले कर्मचारी तथा सर्वसाधारणमा ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता आइपीओ जारि गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आबेदन दिएको छ। 

कम्पनीले आयोजना प्रभावित पांचथर र ताप्लेजुङका स्थानीयबासीका लागि यस अघि नै ५ लाख ६० हजार कित्ता आइपीओ बिक्रि गरि बाँडफांड समेत गरिसकेको छ। 

कम्पनीले कर्मचारी तथा सर्वसाधारणमा आइपीओ जारि गर्न बिक्रि प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी ५६ करोड छ। 

कर्मचारी तथा सर्वसाधारणमा आइपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६४ करोड ४० लाख नाघ्नेछ। त्यस्तै कम्पनीमा संस्थापक सेयरधनीको शेयर स्वामित्व ७५ प्रतिशत छ। 

कम्पनीले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैरांग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेकोे इवा खोलामा जलविद्युत् आयोजनाको वित्तीय लगानी जु्टाएको हो।

यस आयोजना १ अर्ब ६० करोड लगानी रहेकोमा त्यसको ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत स्व लगानी रहेको छ। स्व लगानीमध्ये २५ प्रतिशत रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको, ३५ प्रतिशत सर्वसाधारण सेयरधनीहरूको र बाँकी ४० प्रतिशत सञ्चालकको लगानी छ।

आयोजना निर्माण गर्न आवश्यक ६५ प्रतिशत ऋण प्रदान गर्न बैंक अफ काठमाडौंको अगुवाइमा माछापुच्छ्रे, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र एनसीसी बैंकसहितको कर्सोटियमसँग सम्झौता भएको छ।  

उक्त आयोजनामा माघसम्म बिद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। कम्पनीले यस अघि धादिङमा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत्त उत्पादन गरिसकेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved