नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 07:26:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडको हकप्रद भर्ने आज अन्तिम दिन हो। बैंकले असोज २६ देखि कात्तिक २९ सम्मका लागि १० बराबर १२ कित्ता सेयर अर्थात १२० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो। 

१२० प्रतिशत हकप्रद बिक्रि प्रयोजनार्थ बैंकले असोज १८ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले असोज १७ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

असोज १७ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, लाजिम्पाट, काठमाडौं, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 

बैंकले २६ करोड ४३ लाख रुपैयाँ बराबरको २६ लाख ४३ हजार ५ सय ३८ दशमलव ८० कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो। १२० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४८ करोड ४६ लाख पुग्नेछ। 

हाल बैंकको चुक्ता पुंजी २२ करोड २ लाख छ। बैंकले गत आर्थिक बर्ष ३ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved