समिट माइक्रोफाइनान्सको सेयर लिलामीमा, सानिमा क्यापिटलद्वारा उपत्यका बाहिरबाट पनि बोलपत्र लिईने व्यवस्था

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 17, 2017 | 07:26:52 AM मा प्रकाशित

laxmi  sunrise bank

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। माइक्रोफाइनान्सले मङ्सिर ४ देखि मङ्सिर ११ सम्मका लागि २६ हजार ५४९ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

माइक्रोफाइनान्सले लिलाम मार्फत बिक्रि गर्न लागेको २६ हजार ५४९ कित्ता सेयरमा संस्थापक तर्फ २२ हजार ४७६ कित्ता र साधारण तर्फ ४ हजार ८५ कित्ता सेयर छ। संस्थापक सेयरधनीहरुले मात्र लिलाममा राखिएका संस्थापक सेयरमा बोलपत्र पेश गर्न सक्नेछन।  

माइक्रोफाइनान्सले गत भदौ २९ देखि कात्तिक १ मा हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। माइक्रोफाइनान्सले १ बराबर १ कित्ता सेयर अर्थात शतप्रतिशतका दरले हकप्रद बिक्रि गर्दा बिक्रि नभएको सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 


इच्छुक बोलकबोल दाताले मङ्सिर ४ देखि माइक्रोफाइनान्सको बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र सानिमा बैंकका तोकिएका शाखाहरुमा मङ्सिर ११ गते कार्यालय समयसम्म पुग्नेगरि बोलपत्र पेश गर्नुपर्नेछ। सानिमा क्यापिटलले धितोपत्र बोर्डको निर्देशनको पालना गर्दै उपत्यका बाहिरबाट समेत बोलपत्र पेश गर्ने व्यवस्था गरेको हो।  

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि बोलपत्र पेश गर्नु पर्नेछ।सबै भन्दा बढी मूल्यमा कबोल गरि बोलपत्र पेश गर्नेले लिलामीको सेयर पाउनेछन।  

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम सानिमा बैंकमा रहेको सानिमा क्यापिटल लिमिटेडको नाममा रहेको खाता नम्बर ००१०००१०५८६०७ मा रकम जम्मा सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट चेक मार्फत समेत रकम जम्मा गर्न सक्नेछन।  

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १४ करोड ५० लाख पुग्नेछ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ७ करोड २५ लाख छ। माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाईबाट ३४।४८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १०।५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बोनस वितरण पश्चात चुक्ता पुंजी १७ करोड पुग्नेछ। गत आर्थिक बर्ष माइक्रोफाइनान्सले ५ करोड ०१ लाख खुद मुनाफा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved