दर्ता प्रक्रियाको लागि नेप्सेले माग्यो लगानीकर्ताका संघसंस्थाहरुको विवरण, यस्ता छन् आवश्यक कागजात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 10:10:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले लगानीकर्ताका संघ संस्थाहरुको सुची तयार गर्ने भएको छ  । नेप्सेले आम लगानीकर्ताको  हितमा संचालन गर्ने बिबिध गतिविधिहरुमा आवश्यक समन्वय तथा राय सुझाव प्राप्त गर्नको लागि सर्कोकारवाला हरुको सुची निर्माण गर्न लागेको बताएको हो । 

यसका लागि नेप्सेले लगानीकर्ताका संघ संस्थाहरुलाई संस्था दर्ताको प्रमाणपत्र, संस्थाको परिचयात्मक विवरण, संस्थाको गतिबिधि झल्कने प्रकाशन, न्युजलेटर, पम्प लेट लगायत सामग्री, पदाधिकारीहरुको व्यक्तिगत विवरण माग गरेको छ  । 

नेप्सेले बिहिबार एक बिज्ञप्ति जारि गर्दै उल्लेखित विवरण सहित १५ दिन भित्र सूचिकरण शाखामा सम्पर्क गर्न अनुरोध गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved