रिलायन्स लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु, ६३ करोडको आईपिओ जारी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 11:42:32 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज मङ्सिर १ गते शुक्रबारबाट सेवा सुभारम्भ गरेको छ ।  बीमा समितिबाट कार्तिक २६ गते कारोबार अनुमति पाएको यस कम्पनीले सुरुवातमा ३ वटा बीमा योजना सञ्चालनमा ल्याएको छ । त्यस्तै निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने बताएको छ । 

 नयाँ बानेश्वरको कृष्ण टावरमा कर्पोरेट कार्यालय रहेको इन्स्योरेन्सले इन्डाउनमेन्ट एसुरेन्स विथ होल लाईफ प्लान, मनि ब्याक एसुरेन्स प्लान र इन्डाउनमेन्ट एसुरेन्स प्लान गरि ३ प्रकारका बीमा योजना सार्वजनिक गरेको हो ।

खुलेर जिऔं भन्ने नारा साथ सञ्चालनमा आएको कम्पनीले  बीमा योजना बिक्री, गुनासो सुनवाई लगायतमा प्रविधिको प्रयोग गर्ने उल्लेख गरेको छ । कम्पनीले बीमा समितिमा १५ वटा शाखा विस्तारको लागि आवेदन दिएको छ ।

कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल १ अर्ब ४७ करोड चुक्ता पुंजी रहेको यस कम्पनीले सर्वसाधारणमा निकट भविष्यमा ६३ करोड सेयर जारी गर्ने बताएको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको सञ्चालकहरुमा  भरत कुमार तोडी, पवन कुमार अग्रवाल र सुन्दर प्रसाद कँडेल छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved