माछापुच्छ्रे बैंकको १ लाख ६० हजार कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 12:47:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार नेपाल स्टक एक्सचेन्जमा माछापुच्छ्रे बैंकको  १ लाख ६० हजार ७४२.६४ कित्ता हकप्रद सुचिकृत भएको छ । 

बैंकले गत साउन ५ देखि भदौ ५ सम्म १०० बराबर १२ कित्ता सेयर अर्थात १२ प्रतिशतका दरले हकप्रद बिक्रि गरेको थियो । त्यस समय बिक्रि नभएको १ लाख ६० हजार ७४२.६४ कित्ता शेयर बैंकले लिलाम बढाबढमा बिक्रि गरेको थियो। लिलाम मार्फत बिकी गरिएको हकप्रद शेयर आज सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी सातादेखि यी शेयर खरिद बिक्रि गर्न सकने छन् । 

हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड छ। १२ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्नेछ। बैंकले १२ प्रतिशत हकप्रदले समेत पाउने गरि ९ प्रतिशत बोनस घोषणा गरेको छ । ९ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड पुग्ने छ।   बैंकले गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको छ। 



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved