केयर नेपाललाई क्रेडिट रेटिङ सञ्चालन अनुमति, इक्रा नेपालको एकाधिकार तोडियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 17, 2017 | 06:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय लगानीमा खुल्न लागेको केयर रेटिङ (नेपाल) लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट संचालनको अनुमति पाएको छ। केयर रेटिङले क्रेडिट रेडिङ गर्ने स्वीकृति पाएसंगै इक्रा नेपालको एकाधिकार तोडिएको छ।

धितोपत्र बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले कम्पनीका सञ्चालक विनोद आत्रेय तथा प्रमुख कार्यकारी अधिकृत सजन गोयललाई क्रेडिट रेटिगं अनुमतिपत्र हस्तान्तरण गरेका हुन।

भारतको दोस्रो ठूलो क्रेडिट रेटिङ कम्पनी केयर रेटिङसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुप र इमर्जिंग नेपालले त्रिपक्षीय सम्झौता गरेका थिए।  

२ करोड चुक्ता पुंजीमा स्थापना गरिएको केयर रेटिगं (नेपाल) लिमिटेडमा भारतीय कम्पनी केयर रेटिङको ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत र इमर्जिगं नेपालको १० प्रतिशत शेयर स्वामित्व छ। बाँकि २० प्रतिशत शेयर ग्लोबल आइएमइ बैंक, पुर्नबिमा कम्पनी नेपाल, प्रुडेन्सियल इन्सुरेन्स र लाइफ इन्सुरेन्स कम्पनी लगायतका नेपालका बैंक तथा वित्तीय संस्थाहरु तथा व्यक्तिहरुलाई छुट्याइएको छ। 

सर्वसाधारणमा सार्वजनिक रुपमा सेयर निष्काशन गराउन चाहने कम्पनीहरुले क्रेडिट रेटिंग गराउनु पर्ने व्यवस्था छ । नेपालमा ३ करोड भन्दा बढीको सेयर तथा डिवेन्चर जारी गर्दा रेटिङ गर्नुपर्ने प्राबधान छ। क्रेडिट रेटिङले कम्पनीको वास्तविक अवस्थाबारे जानकारी दिन्छ।  

 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved