धितोपत्र बोर्डले गर्यो मर्चेन्ट बैंकरलाई कडाई, नयाँ ब्यबस्था लागु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 03:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर माथि केहि कडाई गर्दै नयाँ ब्यबस्था लागु गरेको छ  । आफु आधारभूत सेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको निष्काशन तथा विक्री प्रवन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिन सक्ने अवस्थालाई दृष्टिगत गरी मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई  पारदर्शी वनाउन नयाँ  व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

नयाँ ब्यबस्था अनुसार अब मर्चेन्ट वैंकरहरुले आफु आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध कार्य गर्न पाउने छैनन् । त्यस्तै मर्चेन्ट बैंकरले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य पनि गर्न पाउने छैनन्  ।

त्यस्तै बोर्डले मर्चेन्ट बैंकरलाई आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति नगराउन निर्देशन दिएको छ ।

यी व्यवस्थावाट धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित भई अझ स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने वोर्डले बिश्वास लिएको छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved