ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 19, 2017 | 07:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रिन डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रि गर्ने अनुमति पाएको छ। बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर ४०० कित्ता अर्थात ४०० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने अनुपति पाएको जनाइएको छ। 

बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। हकप्रद बिक्रिका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

बैंकको माघ २८,२०७३ मा बसेको चौथो बार्षिक साधारणसभा मार्फत ४०० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित भएको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १० करोड छ। बैंकले न्युनतम चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved