मेगामा भद्रगोल भईरहँदा टुरिजमबाट मर्जर प्रस्ताव पारीत, अब के होला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 02:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ क्षेत्रमा नै बिबादास्पद बनेको मेगा र टुरिजमबीचको मर्जर भाडिने सम्भावना बढेको छ। टुरिजमसंगको मर्जरलाई मुख्य प्रस्ताबमा राखी डाकिएको साधारणसभामा बैंकका संचालक र शेयरधनी 'झगडा' मा उत्रिएपछी मर्जर भाडिने सम्भावना बढेको हो। 

बैंकका शेयरधनी र संचालकबीच मुख्यत स्वाप रेसियोमा कुरा नमिलेको पाइएको छ। टुरिजमलाई ९५ प्रतिशतको स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता भएपनि दुबै बैंकको चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) बाट स्वाप रेशियो ९१.९७ प्रतिशत कायम भएपछि बिबाद बढेको हो। 

बैंक संचालकहरु मर्जर सम्झौता अनुसारको स्वाप अनुपातमा गएर मर्ज गर्नु पर्ने पक्षमा देखिएका छन भने बैंकका शेयरधनीहरु डीडीए अनुसारकै स्वाप हुनु पर्नेमा देखिएका छन। कुनलाई आधार मानेर स्वाप तय गर्ने भन्ने बिषयमा नबोलेपनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने मर्जरमा जाँदा मेगा बैंकलाई दुई बर्षमा २ अर्ब फाइदा हुने बताए। 

बैंकका शेयरधनीहरुको असन्तुष्टि स्वापमा मात्र सिमित छैन। उनीहरुले मेगाको ६५ प्रतिशत हकप्रदलाई मायोजन गरिएपनि टुरिजमले निष्कासन गरेको हकप्रद समायोजन नगरिएकोमा आपत्ति जनाएका छन। टुरिजमले निष्काशन गरेको शतप्रतिशत हकप्रदलाई समायोजन नगरी डिडिए गणना भएकाले यी दुवै बैंकबीच मर्जर हुन नसक्ने शेयरधनीहरुको भनाई छ।   

मर्जरमा जाने र नजाने पक्षबीच आ-आफ्नो पक्षमा प्रोक्सी जुटाउने प्रतिस्पर्धाका बीच कोरम नपुगेपछि साधारणसभा स्थगित भएको जानकारी प्राप्त भएको छ। '७ दिनपछि मर्जरमा जाने प्रस्ताब पारित गर्ने गरि आजको बिशेष साधारणसभा स्थगित भएको छ'स्रोतको भनाई छ। टुरिजमलाई दिने  स्वाप अनुपातमा कुरा मिलाएर ७ दिनपछि मर्ज गराउने सहमतिमा आजको बिशेषसाधारण सभा स्थगित गरिएको स्रोतले जनाएको छ। 

यता मेगा बैंकसंग मर्जरमा जाने प्रस्ताब राखेर साधारणसभा डाकेको टुरिजम डेभलपमेन्ट बैंकले भने मेगासंगको मर्जर प्रस्ताब पारित गरेको छ। टुरिजमले मेगासंग ९५ प्रतिशतको स्वाप अनुपातमा मर्ज हुनेगरि प्रस्ताब पारित गरेको छ। टुरिजम् र मेगा बैंक गाभिएपछि बन्ने मेगा बैंकको चुक्तापूँजी झण्डै साँढे दश अर्ब पुग्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved