गण्डकी बिकास बैंकको हकप्रद प्रस्ताब स्वीकृत, चुक्ता पुंजी २ अर्ब ३० करोड पुग्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 09:08:10 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी बिकास बैंकले हकप्रद बिक्रिका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले ४६ करोड ९ लाख रुपैयाँ बराबरको ४६ लाख ९ हजार ८१५.५० कित्ता हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो। 

बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर २५ कित्ता अर्थात २५ प्रतिशतका दरले हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

२५ प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ८४ करोड छ। फेवा र गण्डकी मिलेर बनेको गण्डकी विकास बैंकले गत आर्थिक बर्ष ५४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्यानु पर्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved