सामान्य अंकले बढ्यो सूचक, ३५ करोडको कारोबार हुँदा कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 01:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ  ।  आज नेप्से सूचक ३.०८ अंकले बढेर १४७२.२४ को उचाईमा पुगेर रोकिएको छ  ।  आज कारोबारमा आएका १५९ कम्पनीका ८ लाख ४२ हजार ६ सय ८२ कित्ता शेयर खरिद बिक्रि बाट ३५ करोड ८ लाख १८ हजार २ सय ५१ रुपियाँको कारोबार भएको छ  ।  

आज नागबेली लघुवित्तको संस्थापक शेयरको सबै भन्दा धेरै ४ करोड २६ लाखको कारोबार भएको छ  ।    धेरै कारोबार हुने अन्य कम्पनीमा एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, चुलिमे हाइड्रो, जनता बैंक लगायत रहेका छन्  ।  

आज कारोबारमा आएका समुहगत सूचक मध्ये विकास बैंक, फाइनान्स, उत्पादन र अन्य बाहेक सबै सूचक बढेका छन्  ।  

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८४ र बिशाल बजार कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ  ।  

आज धेरै गुमाउनेमा प्रग्रेशिभ फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved