हिमालयन जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, १६७ प्रतिशत हकप्रदलाई लाभांश के होला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 09:09:06 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको मङ्सिर ५ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको जनाइएको छ। 

उक्त प्रस्ताब बिमा समिति र इन्स्योरेन्सको आगामी २४ औ बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। गत बर्ष इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर बितरण गरेको थियो। 

इन्स्योरेन्सले गत असार २८ देखि भदौ ९ सम्म १०० बराबर १६६.६७  कित्ता अर्थात १६६.६७ प्रतिशतका दरले हकप्रद बिक्रि गरि चुक्ता पुंजी १ अर्ब २ करोड पुर्याएको छ। 

इन्स्योरेन्सले हाल कायम चुक्ता पुंजी ३८ करोड ५२ लाखको १५ प्रतिशतले हुन आउने ५ करोड ७७ लाख ८० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ। १६६.६७ प्रतिशतले समेत पाउने भएकाले शेयरधनीले ५।६६४७ प्रतिशत नगद लाभांश पाउनेछन।

कम्पनीले गत आर्थिक बर्षमा १ अर्व ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। निर्जिबन बिमा व्यवसायलाई बिस्तार गर्ने लक्ष्य सहित कम्पनीले  आफ्नो शाखा सञ्जाललाई धनगढी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने लक्ष्य लिएको छ। हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।  

निर्जिवन बिमा कम्पनीमा बिमा समितिले तोकेको चुक्ता पुंजी १ अर्ब पुर्याउनेमा पहिलो कम्पनी बनेको इन्स्योरेन्सको दाबि छ। बिमा समितिले २०७५ असार मसान्तसम्म जीवन बिमा कम्पनीलाई चुक्ता पुंजी २ अर्ब र निर्जिबन बिमा कम्पनीलाई चुक्ता पुंजी १ अर्ब पुर्याउन निर्देशन दिएको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved