सबै कमोडिटी एक्सचेन्ज तथा ब्रोकर अब नयाँ प्रक्रियाबाट, लाइसेन्स नपाउँदासम्म कारोबार ठप्प

नियमावली स्वीकृतिका लागि अर्थमन्त्रालयमा
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 10:33:12 AM मा प्रकाशित

laxmi  sunrise bank

पुराना कमोडिटी एक्सचेन्ज तथा ब्रोकर कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता भई शुन्यबाट नै कारोबार गर्नुपर्ने भएको छ। वस्तु बजारसम्बन्धी ऐन तथा नियमावलीमा पुराना कम्पनीहरूबारे कुनै व्यवस्था नभएकाले नयाँ दर्ता प्रक्रियामा गई सुरुबाट नै कारोबारको थालनी गर्नु पर्ने धितोपत्र बोर्डले जनाएको छ। 

'नियमन निकाय नहुँदा पहिले कमोडिटी एक्सचेन्ज तथा ब्रोकर कम्पनीहरूले के को आधारमा लाइसेन्स लिने र कुन मापदण्ड भित्र रहेर कारोबार गर्ने भन्ने केहि व्यवस्था थिएन' बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले बिजपाटिलाई भने, 'ऐन तथा नियमावलीमा सबै कम्पनीका लागि आवश्यक मापदण्ड र दर्ता प्रक्रिया समान रहेकाले नयाँ पुराना भनेर विभेद हुँदैन, सबैले बोर्डले तर्जुमा गरेको नियमावली अनुसार नै लाइसेन्स लिएर सुरुदेखि नै काम गर्नुपर्छ।'

अहिले संचालनमा रहेका कमोडिटी एक्सचेन्ज तथा ब्रोकर कम्पनीहरूले बोर्डको मापदण्ड अनुसार लाइसेन्स लिएर कारोबार गर्नुपर्ने भएको छ। मापदण्ड पुरा गरि आबेदन दिएको न्युनतम ७ र अधिकतम १५ दिन भित्र लाइसेन्स दिने बोर्डले जनाएको छ। त्यस्तै लाइसेन्स लिएको ६ महिना भित्र पुर्वधार तयार गर्नुपर्ने ऐनमा उल्लेख छ।

'अर्थमन्त्रालयबाट नियमावली स्वीकृत भएको दिनदेखि कार्यन्वयनमा आउनेछ' श्रेष्ठले भने, 'कार्यन्वयनमा आएको भोलिपल्टदेखि नै बोर्डबाट लाइसेन्स नलिएका कमोडिटी एक्सचेन्ज तथा ब्रोकर कम्पनीहरूको कारोबार ठप्प हुनेछ।' उनले भने। नियमावलीनै आइसकेको अवस्थामा लाइसेन्स बिना कारोबार गर्नु गैरकानुनि हुने बोर्डको भनाई छ।     

प्रस्तावित नियमावलीमा सेबोनले ब्रोकर र एक्सचेन्जहरुबाट के कसरी सेवा शुल्क लिने भन्ने समेत व्यवस्था गरेको छ। १०० रुपैयाँको कारोबार बराबर ०.१ सेवा शुल्क लिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।  

उनका अनुसार बोर्डले तर्जुमा गरेको नियमवाली स्वीकृतिका लागि मंगलबार अर्थमन्त्रालय पठाईएको छ। मंगलबार बिहान बसेको बोर्ड सञ्चालक समितिले उक्त नियमावली स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो । 

प्रस्तावित निमावलीमा कमोडीटि ब्रोकरको चुक्ता पुंजी ५० करोड तोकिएको छ भने एक्सचेन्जका लागि ऐनमा भएको व्यवस्था अनुसार नै ५० करोड चुक्ता पुंजी तोकिएको छ। 'यस अघि ब्रोकरको चुक्ता पुंजी २ करोड बनाउने छलफल भईरहेको थियो, तर ब्रोकरहरुको सुझाब अनुसार नै ५० लाख तोकिएको हो' श्रेष्ठले भने।

कम्पनीको सञ्चालक तथा प्रमुख कार्यकारी लगायतको योग्यतासम्बन्धी विषय नियमावलीमा समेटिएको छ। यस सम्बन्धि व्यवस्था ऐनमा भए पनि थप स्पष्ट पार्न नियमावलीमा समेटिएको बताइएको छ।

वस्तु विनिमय बजार सञ्चालन अनुमति पाएको पाँच वर्षसम्म कम्पनीको शेयर बिक्री गर्न नपाइने व्यवस्था नियमावलीमा छ। यदि पाँच वर्षपछि पनि कम्पनीको शेयर बिक्रि गर्नु पर्दा बिक्रेता र क्रेता दुवैले बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था नियमावलीमा छ।

ऐनमा भएको व्यवस्था अनुसार कमोडिटी एक्सचेन्ज पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने छ भने स्वदेशी व्यक्ति तथा संस्थाले कमोडिटी एक्सचेन्ज कम्पनीमा ५ प्रतिशतभन्दा बढी सेयर किन्न नपाउने व्यवस्था गरिएको छ। यद्दपी विदेशी रणनीतिक साझेदारलाई भने चुक्ता पुँजीको ५१ प्रतिशतसम्म सेयर स्वामित्व लिन सक्ने छुट छ।

त्यस्तै बोर्डले अनुमति प्राप्त संस्थालाई विभिन्न अवस्थामा भएको नोक्सान भराई ५० लाखसम्मको जरिवाना गर्न सक्नेछ । कम्पनीहरूले कानुनविपरीत काम गरेमा कसुर र सजायको हकमा पाँच वर्षसम्मको कैद, बिगो भराउने र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ।

बस्तु विनिमय बजार संचालनमा आएको करिब १० बर्षपछी नियमनको दायरामा आएको हो। राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा गत भदौ ११ गते बस्तु विनिमय बजारसम्बन्धि बिधेयक प्रमाणीकरण भएसंगै कमोडिटी बजारले अभिभावक पाएको हो। 

राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण भएको ९१ दिनपछि विधेयक कार्यान्वयनमा ल्याउनुपर्ने कानुनि व्यवस्था छ। यस अनुसार अर्थमन्त्रालयले प्रस्तावित नियमावली मङ्सिर ११ सम्म स्वीकृत गरी बोर्डले मङ्सिर १२ देखि कार्यन्वयनमा ल्याउनुपर्ने हुन्छ। अर्थमन्त्रीको व्यस्तताले नियमावली स्वीकृत हुन एक दुई दिन तलमाथि पर्ने सक्ने तर त्यसले खासै फरक नपर्ने बोर्डले जनाएको छ।  

२०६३ मंसिर २८ गते कमोडिटी एन्ड मेटल एक्सचेन्ज नेपाल (कोमेन) ले पहिलोपटक कमोडिटी कारोबार सुरु गरेको बताइन्छ। त्यससमय देखि यी १० बर्षको अवधिमा नेपालमा ७ वट कमोडिटी एक्सेन्चज दर्ता भएका छन। त्यस्तै २०० जति ब्रोकरहरु दर्ता छन। दर्ता भएका कमोडिटी एक्सेन्चज मध्ये ३ वटा जति सक्रिय छन भने २०० ब्रोकरमा १०० को हाराहारीमा सक्रिय छन।

यो पनि:

 नियमनको दायरामा ढिलो आएपनि कमोडीटि बजारले शतप्रतिशत राजश्व तिरेको छ, नीरव पुडासैनीसंगको अन्तर्वार्ता


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved