पञ्चकन्या माई हाइड्रोपावरले पायो स्थानीयलाई आईपिओ निष्काशन गर्ने अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2017 | 10:38:10 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आइपियो निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई मंगलबार आयोजना प्रभावित स्थानीयहरुलाई  एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति दिएको हो । 

अहिले स्थानीयलाई १० प्रतिशत शेयर बिक्रि गरेपछि कम्पनीले दोस्रो चरणमा सर्बसाधारणको लागि साधारण सेयर साधारणमा बिक्रि गर्नेछ । 

 साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धक चयन गरेको छ  ।

पञ्चकन्या माई हाइड्रोले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा गरिरहेको छ । त्यस्तै ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved